शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको हिमाली गाउँपालिकामा ल्याब सेवा सुचारु

बाजुराको हिमाली गाउँपालिकामा ल्याब सेवा सुचारु

  • शनिबार, माघ १०, २०७७
बाजुराको हिमाली गाउँपालिकामा ल्याब सेवा सुचारु

बाजुरा —  देशकै बिकट तथा पिछडिएको  क्षेत्रमा पर्ने बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा स्वास्थ्य परीक्षणको लागि आवश्यक पर्ने मेसिनरी औजार उपकरण सहितको ल्याब सेवा सुचारु गरिएको छ । बाजुरा कै दुर्गम गाउँपालिकाकाे रूपमा रहेकाे हिमाली गाउँपालिकाले ल्याव सहितकाे सेवा संचालनमा ल्याएकाे हिमालि गाउँपालिलकाका जनस्वास्थ्य निरीक्षक अधिकृत राज बहादुर भण्डारीले बताए ।
सेवा सुचारु गरिए संगै ल्याबमा क्षयरोगको जांच , मलेरिया जांच कालाजार ,यौन तथा सरुवा रोगहरु , रगत ,दिशा पिसाव लगायत १०० भन्दा बढी जांच हरु गरिने भएको भण्डारीले बताए ।
यस क्षेत्रका जनताहरुले सामान्य गर्भवती जांच गर्न सम्मपनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र काेल्टी धाउनुपर्ने समस्या थियो गाउँपालिका क्षेत्र भित्र अस्पताल तथा चिकित्सकिय सेवा नभएको र आधारभूत स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीबाट सामान्यतया आधारभूत स्वास्थ्य सेवा प्रदान गरिदै आएको अवस्था यो निकै महत्वपूर्ण कार्यभएको कुरा स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताए । गाउँपालिकाको आर्थिक लगानीमा यो स्वास्थ्य प्रयोगशाला स्थापना गरि सेवा सुचारु गरिएको गाउँपालिकाले जनाएकाे छ । ल्याब सेवा संचालनको लागि गाउँपालिकाले ल्याब टेक्निसियन दिपक भण्डारीलाई करार सेवामा भर्ना गरिएको  हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द बहादुर मल्लले बताए । अब हिमाली गाउँपालिकाका जनताले सुलभ रूपमा ल्याव सेवा पाउने भएका छन ।

चर्चामा

सम्बन्धित समाचार