शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • भ्रम धेरै दिन टिक्दैन

भ्रम धेरै दिन टिक्दैन

  • मङ्लबार, माघ ६, २०७७
भ्रम धेरै दिन टिक्दैन

कति दुःख लाग्छ मलाई तेरो देशमा कम्युनिष्टको सरकारछ भन्दा।मलाई कसैले साच्चै गालिनै गरेको जस्तै महेशुर्ष हुँन्छ।हाम्रो देशमा अहिले कम्युनिष्टको बिउ पनि बचेको नहुँन सक्छ,सरकार ता टाडैको कुराहो।तर देशमा कम्युनिष्ट चाहाने जनताहरु भने प्रसस्तै छन।
संसारका मुलुकहरुमा पनि कम्युनिष्ट सरकार छैन।तरपनि जँहा जँहा कम्युनिष्ट आएका थिए त्यँहाको ब्यबस्था अहिलेपनि काफि फरक देखिन्छ।चीन,रुस,भियतनाम लगायतका मुलुकहरुमा त्यँहाको अर्थ ब्यबस्था बलियोछ।यध्यापि ति मुलुकहरुमा पनि कम्युनिष्ट साशन सत्ता छैन। संसारका कयौँ देशका जनताहरुलाई अंझैपनि के भ्रमछ भने हाम्रो देशमा कम्युनिष्टको सरकारछ भन्ने भ्रम बाँकिनै छ।कहिलेई पनि यो देशमा कम्युनिष्टको सरकार आएकोछैन,मनमोहन अधिकारी को पालामा पनि थिएन,प्रचण्डको पालामा पनि थिएन,बाबुरामको पालामा पनि थिएन र ओलिको पालामा पनि छैन।तरपनि अरु देशलाई भ्रमछ,चिनेका पुँजिवादी देशहरुले त ठोकेर भन्छन नेपालमा कम्युनिष्टको सरकारछ।यसबाट उनिहरुलाई पहिलो फाईदा कम्युनिष्ट लाई बद्नाम गर्न सजिलो भएकोछ।जस्ले कम्युनिष्ट भनेर गैर कम्युनिष्टको कृयाकलाप गर्छ त्यसले कम्युनिष्टका जरा काट्ने काम गरेको हुन्छ।
ओलि प्रचण्ड यिनिहरु कुनै अबस्थामा कम्युनिष्ठटको पाठक अबस्य थिएहोलान तर माझिएका र खारिएका अवसरबाद भएकाछन।यिनिहरुले झापा बिद्रोह गर्दा पनि कम्युनिष्ट क्रान्तिकारी थिएनन् ,दश बर्षको उनिहरुको कथित जनयुद्धपनि क्रान्तिकारी उदेश्यबाट प्रेरित थिएन।आफ्नो स्वार्थका लागि देशका होनहार युवाहरुको बलि चडाउँन शहिदको खेति गरेका हुन।
प्रचण्डले आफैले प्रतिकृयावादी भनेका एमाले सँग पार्टी एकता गर्दा उनिहरु के भए त?उनैको भाषामा प्रतिकृयावादीनै भए।कुनैपनि प्रतिकृयावादी लाई कम्युनिष्टको ‘लोगो’ओढ्ने नैतिक अधिकार हुँदैन।तरपनि उनिहरुले अहिलेपनि आफुलाई कम्युनिष्ट भन्छन।त्यसकारण यिनिहरु कम्युनिष्टलाई बद्नाम गर्न र कम्युनिष्ट लाई सखाफ पार्ने अभियानमा छन।यिनिहरु लाई अँझै पनि कम्युनिष्ट भन्नेहरु या त अन्जानछन र भ्रमितछन वा उनैका पिछ्लग्गु हुन,र कम्युनिष्टलाई बद्नाम गर्न चाहान्छन।
प्रचण्ड र ओलिका पाल्टीहरु भित्र कम्युनिष्ट चाहानेहरु पक्कै पनि छन।तर ओलि र प्रचण्डको पाल्टिले देशमा कम्युनिष्ट साशन सत्ता ल्याउँछन भनेर सपना पनि नदेखे हुन्छ।
जनतालाई छक्काउँने र सरकारमा जाने सत्ता र भत्ताले नपुगेर सत्ताको दुर्पयोग गर्दै भ्रष्टचार गर्ने बिदेशको दलालि गर्ने बाहेका यिनका कुनै देश र जनताको हितमा भयका काम यिनिहरु मध्य कसैले स्वायत पत्र जारिगरोश।सरकार बनाए देखि यो जनताको र देशको लागि हाम्रो सरकाले गरेको कामहो भनेर जनताको अगाडि जाओश।एक किलो आलु कोरोना पिडितलाई सहयोग गर्दा यिनिहरुको गुटले फोटा खिचाउँन कत्ति लाज मान्दैनन।नेपालमा यो सरकार आए देखि बलत्कारका घटना,भ्रष्टचारका घटना,महेङ्गिले आकास छोएको,भू-माफियाको बिग-बिगि,काला बजारी अरु ता अरु मास समेतको पनि बिलैक भयो।देशमा कुखुरा समेतमा कर लगाएर जनतामा बोझ दिनेकाम गय्रो।जनतालाई सुबिदा दिनुको सट्टा उल्टै दुःख दिदैछ।
कम्युनिष्टले गर्नेकाम मात्रै होईन एउटा पुँजिवादी प्रतिकृयावादी सरकारले गर्ने काम समेत यो सरकारले गर्न सकेन।यिनिहरुको आपसमा गुटबाजिले अहिले संसद भङ्ग गरेर जनतालाई आर्को समस्या दिएका छन।के अधिकारछ यिनिहरुलाई जनतालाई पिडा दिने?यिनिहरुले गर्दा देशमा जनताको काँधमा रिण४६०००एकजनालाई रिण छ।देशका उद्दोग धन्दा बन्दछन।बिदेशिहरुको हालि मुहालिछ देशमा।छिमेकिले जमिन देखि भाषा साँस्कृती आदिमा अतिक्रमण जारिराखेकैछ।देश एसियाकै गरिब,र भ्रष्टचारमा अंकित भएकोछ।देशका पढेलेखेका युवाहरु बिदेशी पुँजिपतिका कमैया,भान्शे,चोकिदार,भेडा र उँटका ग्वालाछन।यिनिहरुलाई कत्ति लाज लाग्दैन आफुलाई कम्युनिष्ट भन्न।देश र जनताको यस्तो दुरगतिछ अहिले हाम्रो देशमा
अनि कसरी भयो यो कम्युनिष्ट?जस्ले बर्गयुद्धको नीति लाई छाड्यो,नया जनवादी क्रांति लाई छाड्यो अनि समाजवादी र समाबेशी भनेर सम्विधान समेतमा सामिल गरेका नीतिहरुलाई ब्यबहारमा त्यागेर साम्राज्यावादको पिच्छलग्गु भयकोछ।साँच्चै भन्दा भन्नु पर्दा अमेरिकी साम्राज्यावादको त्यो एम सिसि को कमिसन खान नपाएर यिनिहरु भित्र-भित्र जलेकाछन आपसमा त्यसैले गर्दा संसद समेत भङ्ग गरेर यो गतिछ।एउटा पुँजिवादी संसद को नियम भित्र रहन नसक्ने ओलि र प्रचण्डगुटले कम्युनिष्टको लोह सिध्धान्तलाई फ्लोगर्न सक्छन?कदापि सक्दैनन्।देशमा संघियताको बिजारोपण गर्ने पनि यिनै हुँन।उग्रवाम्बथी बनेर मान्छे मार्ने देखि देशको सम्पति स्वाहा पार्नेपनि यिनैहुँन।अनि यस्तालाई कम्युनिष्ट भन्नुको अर्थ सच्चा कम्युनिष्टलाई गालि गर्नुनै हो!तसर्थ यो दुबै गुटमा भयका सच्चा कम्युनिष्ट चाहानेहरुले यिनिहरुको दामन छाडेर भ्रम बाट मुक्त भयर अश्लि कम्युनिष्ट क्रान्तिकारीलाई साथ दिनुपर्ने समयको माग भयको मैले महेशुर्ष गरेकोछुँ।
देशका जनतालाई यिनिहरु बाट भ्रम नपर्न समेत हार्दिक अपील गर्दछुँ।अहिले देशको निर्वाचन गर्ने रकम समेत यदि चुनावनै हुने भयोभने यिनै बिघटन कारीहरुले बहन गर्ने समेत चुनाव आयोगले निर्देश गरोश।अन्याथा संसदलाई पुर्नबहाली गरेर छिट्टै संघियता लाई खारेज गरोश।ताकि देशले बिकासको गति लिन सकोश।

चर्चामा

सम्बन्धित समाचार