बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुने 

बाजुरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुने 

  • सोमवार, माघ ५, २०७७
बाजुरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुने 
सांकेतीक तस्बीर

बाजुरा — बाजुरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुने भएकाे छ ।  डबल कटुवाल स्मृति प्रतिष्ठानले बर्सेनि गर्दै आईरहेको खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बाजुरा जिल्ला त्रिबेणी नगरपालिकाको दम्थामा यहीँ माघ ८ गते बाट समुदघाट्न गर्ने भएको छ।यो प्रतियोगिता बाजुरामा अहिलेसम्म कै ठुलो धनराशिको रहेको छ। समाजरुपान्तरणका लागी युवा सशक्तीकरण ,युवा सशक्तीकरणका लागी खेलकुद अपरिहार्य रहेकाे भन्दै साे खेल संचालन हुने अायाेजकले बताएकाे छ ।
महिला तर्फ बिजेता प्रथम पुरस्कार ४५१११ ,द्वितीय पुरस्कार २५१११ छ भने पुरुष तर्फ बिजेता प्रथम पुरस्कार १४९९९९,द्वितीय पुरस्कार ८११११ सङ्गै ट्रफी प्रमाणपत्र हुने भएकाे छ। महिला तर्फको खेलमा समाबेश टिम दर्ता शुल्क ४४४४ छ भने पुरुष तर्फ टिम दर्ता शुल्क १११११ राखियको छ। नेपाल विद्यार्थी संघका जुझारु योद्धा ,नेबि संघ बाजुराका उपाध्यक्ष ,सामाजिक सेवाका प्रतिमुर्ति ,जिल्लामा आशा र भरोसा गरिएका स्व. कटुवालको दोस्रो पुर्णतिथि ,उहाँ प्रतिको सम्मान ,सम्झनामा खुल्ला भलिबल प्रतियोगिता राखेको डबल कटुवाल स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रराज गिरीले बताएका छन ।

No description available.
डबल कटुवाल ब्यक्ती मात्र नभई बिचार थिए, समाज रुपान्तरण , राजनीति भोलीको उज्यालो तारा थिए ,दैवको लिला हामी माझ रहनु भएन त्यसैले त्यो बिचार लाई जिवित राख्न प्रतिष्ठानले खेलको माध्यम बाट युवा सशक्तीकरणका लागि खुल्ला भलिबल आयोजना गर्न लागेकोमा उहाप्रती न्याय भएको युवा नेता भरत बुढाले बताए । खेल त्रिबेणवी नगरपालिका -७ कैलाशेश्वरी माबी दम्थामा हुने जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार