शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बुधबार बिहानै ह्वाइट हाउस छाड्ने ट्रम्पको तयारी

बुधबार बिहानै ह्वाइट हाउस छाड्ने ट्रम्पको तयारी

  • शनिबार, माघ ३, २०७७
बुधबार बिहानै ह्वाइट हाउस छाड्ने ट्रम्पको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२० जनवरी) को बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन्् ।

सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् ।

ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय अहिलेसम्म जानकारी दिएका छैनन् । उनले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई पनि दिएका छैनन् र बाइडेनको सपथमा पनि उपस्थित नहुने जानकारी दिइसकेका छन् । यद्यपी, शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने घोषणा भने गरिसकेका छन् ।

पेन्सले दिए कमलालाई बधाई
यता, वर्तमान उपराष्ट्रपति माइक पेन्सले भावी उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । बिहीबार उनले फोनमार्फत बधाई दिएका हुन् । पेन्सले आवश्यक परेमा कुनै पनि सहयोग गर्न आफु तयार रहेको समेत बताएका छन् । चुनावको नतिजा सार्वजनिक भएपछि पेन्स र कमलाबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो

यसअघि जो बाइडेनको सपथ समारोहका लागि बिहीबार रिहर्सल गर्ने कार्यक्रम थियो । तर, यो पूर्वाभ्यास रद्द गरिएको छ । अहिले संसद् भवन सुरक्षा बलको जिम्मामा छ । ट्रम्प समर्थकहरुले प्रदर्शन गर्नसक्ने आशंकासहित २५ हजार नेशनल गार्डस् अमेरिकाको राजाधानीमा तैनाथ छन् । सुरक्षा खतराकै कारण व्हाइट हाउस र यस वरपरका स्मारकहरुमा आम मानिसहरुलाई प्रवेश निषेध गरिएकोछ । यद्यपी, २१ जनवरीदेखि भने यहाँ सर्वसाधारण आउन पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार