बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँपालिकाले सम्पन्न गर्यो निशुल्क स्वास्थ्य सिविर

हिमाली गाउँपालिकाले सम्पन्न गर्यो निशुल्क स्वास्थ्य सिविर

  • शनिबार, माघ ३, २०७७
हिमाली गाउँपालिकाले सम्पन्न गर्यो निशुल्क स्वास्थ्य सिविर

बाजुरा —  बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आयोजना र जिल्ला अस्पताल बाजुराको प्राबिधिक सहयोगमा पौष २८ देखि माघ २ सम्म स्वास्थ्य सिविर संचालन भएको कुरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।
बाजुरा जिल्लाको बिकट तथा पिछडिएका क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा अस्पताल र चिकित्सक सेवा नभएको साथै स्वास्थ्य संस्थाहरुले सामान्य खालको स्वास्थ्य उपचार गराउने गरेको हुँदा हिमाली गाउँपालिकाका जनताहरु अस्पताल सेवा बाट बन्चित रहेको अवस्थामा यस्तो सिविरले सर्वसाधारण हरुलाई स्वास्थ्य सेवा लिन सहजता भएको कुरा नि.प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर शाहीले बताए ।
दुर्गम तथा पिछडिएका क्षेत्रका जनताहरुले सामान्यतया उपचारको पहुँचमा सम्म पुग्न नसकेको अवस्थामा सबै नागरिकहरुले चिकित्सकिय सेवाको पहुँचमा पुर्याउने उधेश्यले निशुल्क स्वास्थ्य सिविर संचालन गरिएको साथै अपांगता भएका तर अपाङ्गताको परिचयपत्र पाउन नसकेको संख्या गाउँपालिका क्षेत्रभित्र अत्याधिक रहेको तर राज्यको सेवा सुविधाबाट बन्चित रहेकाहरुलाई सेवा सुबिधाको पहुचमा आवस् भन्ने पनि सिविरको उधेश्य रहेको कुरा स्वास्थ्य अधिकृत राज बहादुर भण्डारीले बताए ।
सिविरमा जम्मा ६२२ जना सेवाग्राहीले सेवा लियको तथा भिडियो एक्सरे सेवा ११५ जना प्रयोगशाला ल्याब सेवा सेवा जम्मा ३९ जना र २३० जना अपाङ्गताको परिक्षण गराउने सेवा दिएको कुरा स्वास्थ्य अधिकृत भण्डारीले बताउनुभयो

चर्चामा

सम्बन्धित समाचार