शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा याे बर्ष एक दिन मात्रै भुवा

सुदूरपश्चिममा याे बर्ष एक दिन मात्रै भुवा

  • बुधबार, पुस २९, २०७७
सुदूरपश्चिममा  याे बर्ष एक दिन मात्रै भुवा
बिहानपखकाे भाेस्साे खेल्दै मनाएकाे भुवा पर्व बाजुरा सदरमुकाम मार्तडीमा । तस्वीर : लक्ष्मीराज पाध्याय/बडिमालिका खवर

दूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा याे बर्ष  हिजाेराती देखी सुरु भएर बुधबार बेलुका सम्पन्न हुने भएको छ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । यस बर्ष पाैषकाे अन्तीममा भुवा पर्ब परेकाेले २ दिन मात्रै अर्थात २८ र २९ गते मात्रै खेलीने भएकाे छ । भुवा पर्व गाउँ अनुसार ३ दिन देखी ५ दिन सम्ममा चलाउने याे पर्व भाेली देखी माघ महिना लाग्ने भएकाेले अाजै समापन हुने भएकाे छ ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व  अर्थात् पौस औँसीदेखि सुरु हुने गर्दछ । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार