शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • यौन सम्बन्धका बेला महिलाले युवकको हात–खुट्टा कुर्सीमा बाँधिदिइन्, भयो मृत्यु

यौन सम्बन्धका बेला महिलाले युवकको हात–खुट्टा कुर्सीमा बाँधिदिइन्, भयो मृत्यु

  • आइतवार, पुस २६, २०७७
यौन सम्बन्धका बेला महिलाले युवकको हात–खुट्टा कुर्सीमा बाँधिदिइन्, भयो मृत्यु

३० वर्षका एक युवकको मृत्यु भएको छ । उनको मृत्युको कारण अचम्मको छ । भारतको महाराष्ट्रमा एक युवकको यौन सम्बन्धका बेला महिलाले कुर्सीमा बाँधिदिँदा मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सीको रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले महिला विवाहित भएको उनको युवकसँग अफेयर चलेको थियो । महिला एक सन्तानकी आमा पनि हुन् । बिहिबार सँगै रात बिताउनका लागि महिला र युवक एउटा लजमा बसेका थिए ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सीले महिला र ती युवकको पछिल्लो पाँच वर्षदेखि अफेयर चलिरहेको जानकारी दिएको छ । महिलाले नाइलनको डोरीले युवकको हात–खुट्टा कुर्सीमा बाँधिदिएकी थिइन् । यसका साथै महिलाले कथित रुपमा युवकको घाँटीमा पनि डोरी बाँधिदिएकी थिइन् ।

थुप्रै जोडी सम्बन्धमा रोमाञ्चकता हासिल गर्नका लागि सामान्यभन्दा केही भिन्न क्रियाकलाप गर्न चाहन्छन् । यतिबेला एक पार्टनर अर्कोमाथि हावी हुने कोसिस गर्छन् । यद्यपि, यसमा दोस्रो व्यक्तिको सहमति पक्कै पनि लिइन्छ । यसलाई बीडीएसएम (बन्डेज, डिसिप्लिन, डोमिनेन्स, सबमिशन, स्याडोचिजम, म्यासकिजम) क्रियाकलापको रुपमा चिनिन्छ ।

भारतीय मिडिया आजतकले प्रहरीको भनाई उद्धृत गर्दै दिएको अनुसार युवक बाँधिएकै अवस्थामा महिला बाथरुम गएकी थिइन् । यति बेला कुर्सीमा बाँधिएका युवक चिप्लिए जसका कारण युवकको घाँटीमा बाँधिएको डोरी कस्सियो ।

जब महिला कोठामा आइन् तब उनले पार्टनरलाई जमिनमा अचेत अवस्थामा खसिरहेको देखिन् । उसले तुरुन्त मद्दतका लागि रुम सर्भिसलाई बोलाइन् । रुम सर्भिस स्टाफले युवकको डोरी खोल्यो । त्यसपछि जानकारी पाएपछि प्रहरी पनि पुगे ।

घटनापछि प्रहरीले महिलालाई हिरासतमा लिएर सोधपुछ गरेको छ । युवकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरीका अनुसार महिलाले आफ्नो अफेयरको कुरा स्विकारेकी छिन् । यद्यपि, सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि सन् २०१८ मा भारतमा विवाहेत्तर सम्बन्ध अपराध होइन ।

प्रहरीले युवकको मृत्युको विषयमा दुर्घटनाको मुद्दा दर्ता गरेको छ । प्रहरीले लजका कर्मचरी, वेटर र अन्य मानिसहरुको बयान पनि रेकर्ड गरेको छ । युवक र महिला दुबैको मोबाइल फोन पनि जफत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार