शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विमान दुर्घटना भएको स्थान पत्ता लाग्यो : इन्डोनेसियाको जल सेना

विमान दुर्घटना भएको स्थान पत्ता लाग्यो : इन्डोनेसियाको जल सेना

इन्डोनेसियामा ६२ यात्रु बोकेको बोइङ विमान बेपत्ता

  • आइतवार, पुस २६, २०७७
विमान दुर्घटना भएको स्थान पत्ता लाग्यो : इन्डोनेसियाको जल सेना

इन्डोनेसियाका अधिकारीहरुले बोइङ ७३७ विमान दुर्घटना भएको सम्भावित स्थान पत्ता लागेको बताएका छन् । श्रीविजया एयरको जेट विमान राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको थियो ।
६२ जना सवार विमान पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि उडान भरेको विमान चार मिनेटपछि नै सम्पर्कविहीन बनेको थियो । अहिले दुर्घटना भएको सम्भावित क्षेत्रमा १० वटा जहाज र नेभीका गोताखोरहरु परिचालित गरिएका छन् । रात परेका कारण उद्धार र खोजी कार्य स्थगित गरिए पनि आइतबार बिहानबाट पुनः त्यसलाई सुचारु गरिएको छ ।

के भएको थियो ?

श्रीविजया एयरको यात्रुवाहक विमान जकार्ता विमानस्थलबाट स्थानीय समयअनुसार २ बजेर ३६ मिनेटमा उडान भरेको थियो । २ बजेर ४० मिनेटमा कलसाइन एसजेवाई१८२ कल साइन भएको विमानसँग अन्तिम पटक सम्पर्क भएको थियो । सम्पर्कविहीन हुनअघि विमानले कुनै समस्याको संकेत नगरेको नेसनर सर्च एन्ड रेस्क्यू एजेन्सीका एयर मार्सल बागुस पुरुहितो बताउँछन् ।

फ्ल्याइटराडार ट्वान्टीफोर डटकमका अनुसार विमानले एक मिनेटभन्दा कम समयमा ३ हजार मिटरको उचाइ गुमाएको थियो । प्रत्यक्षदर्शीहरुले कम्तिमा एउटा विस्फोट सुनेको र देखेको बताएका छन् । माछा मार्दै गरेका सोलिहिनले आफूले विमान दुर्घटना भएको देखेको र त्यसपश्चात जहाजको कप्तानले जमिनमा फर्कने निर्णय गरेको बताएका छन् । ‘विमान बिजुली चम्केको जस्तै गरी समुद्रमा खस्यो र पानीमा विस्फोट भयो,’ उनले भने, ‘यो हाम्रो जहाजभन्दा निकै नजिक भएको थियो, विस्फोटबाट उच्छिटिएको प्लाइले झण्डै हामीलाई लाग्यो ।’  विमान हराएको स्थानबाट नजिकका टापुका मानिसहरुले कथितरुपमा विमानको भगनावशेष फेला पारेको बताएका छन् ।

भएको विमानमा ५० जना यात्रु थिए जसमा सात बालबालिका र तीन नवजात थिए । १२ जना चालक दलका सदस्य थिए । विमानको रजिस्ट्रेसनका अनुसार बोइङ ७३७–५०० मोडलको विमान २६ वर्ष पुरानो थियो ।

सन् २०१८ को अक्टोबरमा इन्डोनेसियाका कै लायन एयरको विमान उडान भरेको १२ मिनेटमा नै दुर्घटनाग्रस्त हुँदा १८९ जनाले ज्यान गुमाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार