शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • नवप्रगतीशिल कृषि सहकारीकाे नबाैँ साधारणा सभा सम्पन्न

नवप्रगतीशिल कृषि सहकारीकाे नबाैँ साधारणा सभा सम्पन्न

  • शनिबार, पुस २५, २०७७
नवप्रगतीशिल कृषि सहकारीकाे नबाैँ साधारणा सभा सम्पन्न

 देबराज पाध्याय — बडिमालिका नगरपालिका ७ रजाताेलीमा रहेकाे नवप्रगतीशिल कृषि सहकारी संस्था लिमिटेडकाे  नवाैँ  साधारण सभा सम्पन्न भएकाे छ । संस्थाले हाल सम्म गरेका कार्यहरू र भाबी याेजनालाइ कसरी लैजाने भन्ने उदेस्यका साथ साधारणा सभाकाे अायाेजना गरिएकाे जनाएकाे छ । साे कार्यक्रमा अध्यक्षता संस्थाका अध्यक्ष धनलाल पाध्यायकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमका ,प्रमुख अतिथि मार्तडी स्वास्थ्य चाैकी चुथीका ईन्चार्ज काशिचन्द्र पाध्याय रहेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि ज्ञानाेदय मा बि का प्रअ बिजयराम पाध्याय अतिथिमा नेपाल युवापरिसद नेपालका सहसंयाेजक अर्जुन जैशी रहेका थिए ।  १ सय २९ जना शेयर सदस्य रहेकाे सहकारीकाे भाबि याेजना र हाल सम्म गरेका कार्यहरूकाे सार्बजनिक गरेकाे  संस्थाका अध्यक्ष धनलाल पाध्यायले बताएका तन छन्  । कार्यक्रमा हाल सम्मकाे प्रगती प्रतिबेदन समेत सार्बजनिक गरिएकाे उनले बताए हाल सम्म  कुल अाम्दनी भने १ कराेड ९० लाख ५५ हजार ७ सय ६६  रहेकाे सस्थाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार