बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • जिवनमरणको दोसाधमा रहेकि लालसराको काठमाडौमा उपचार हुदै

जिवनमरणको दोसाधमा रहेकि लालसराको काठमाडौमा उपचार हुदै

  • शनिबार, पुस २५, २०७७
जिवनमरणको दोसाधमा रहेकि लालसराको काठमाडौमा उपचार हुदै

बाजुरा — बुढिगंगा नगरपालिका ५ नवाघर बस्ने ४१ बर्षिय लालसरा देवी बिककोे शिक्षण अस्पताल काठमाडौमा उपचार भइरहेको छ । बडिमालिका खबरमा लालसर उपचार अभाबमा जिवमरणको दोसाधमा रहेको समचार प्रकाशित पछि उनलाई उद्धार गरेर काठमाडौको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले उपचारमा सहयोग तथा समन्वय गरिरहेको छ । अस्पतालले रिफर गरेको भएपनि पैसा नहुँदा घरमा फिर्ता गरेको समचारमा प्रकाशित पछि आफुहरुले काठमाडौ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । उनको अस्पतालमा उपचार शुरु भएको छ, पाठेघरमा टुयुमर र कलेजोमा संक्रमण भएको छ, थप चेकजाँच भइरेहेको बस्नेतले वताए ।
समचार प्रकाशित भएपछि ब्यक्तिहरु बाट पनि आर्थिक सहयोग भएको बिरामी लिएर काठमाडौ पुगेका स्थानिय हिकम्त थापाले वताएका छन् । नाम नभन्ने सर्तमा न्युजल्याड बस्ने नेपालिले ं४६ हजार ५ सय, शान्ति सेवा गृह काठमाडौले १० हजार, राष्ट्रिय सुचना आयुक्त कमला ओलीले ५ हजार सहयोग गरेको थापाले वताएका छन् । समचार प्रकाशित पछि लालसराको उपचारमा ठुलो सहयोग भइरहेको थापाले वताए ।
लासरालाई आफन्तले १ महिना पहिला उपचारका लागि अछामको बयलगडा अस्पतालमा लिएपनि पैसा नहुदा घर ल्याएका छन् । स्थानिय स्वास्थ्य चौकी हुदै अछामको बयलगडा अस्पतालमा रिन काढेर १ हप्ता पहिला उपचारका लागि लगेका थिए । बयलगडा अस्पतालले सेति प्रादेशिक अस्पताल धनगढी रिफर गरेपनि पैसा नहुदा घर ल्याएको लालसरकी दिदि तुलक्षि लुवारले वताएकि छन् ।
लालसराको श्रीमान लाल सिं बिक ५ बर्ष पहिला पैसा नहुदा उपचार अभाबमा मृत्यु भएको थियो । एक छोरा एक छोरी नावालक रहेका छन्, श्रीमान बितेपछि अलपत्र अबस्थामा परेको परिवार बिरामी हुँदा निकै समस्यामा परेका थिए । बयलपटा अस्पतालले कलेजो तथा पेटमा संक्रमण भएको हुन सक्ने थप उपचारका लागि रिफर गरेको थियो । धनगढी लग्ने न आफन्त छन्, न पैसा नै उपचार नपाएर मर्ने भए लालसराले रुदै वताएकि थिईन््, ।
लालसराको एउटा सानो खरले छाएको घर भन्दा बाहेक सम्पत्तिका नाममा अरु केही छैन् । जग्गा जमिन बिक्रि गरम भने पनि छैन्, अन्य कुनै जिन्सि सामान छैन्, रिन पनि कोही नपत्याउने गरेको लालसराले वताईन् । बिरामी हुँदा उनका २ छोरा छोरी समेत अलपत्र परेका छन् । आमाले काम गरेर हामिलाई पाल्ने गरेकि थिईन् आमा बिरामी भएपछि दैनिक छाक टार्न पनि समस्या भएको छोरी गिता बिकले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार