मङ्लबार, मंसिर ११, २०८१

शंघर्ष केका लागि ?

  • शनिबार, पुस २५, २०७७
शंघर्ष केका लागि ?

हामी नेपालीहरुले सदियौँ देखि शंघर्ष गर्दै आएकाछौँ।तर शंघर्ष केका लागि र कस्का लागी गर्दै आएकाछौँ?यो अँझैपनि बुझ्न सकेका छैनौ।हाम्रो समाज गर्वै देखि हिँशक भयकोछ।अरु ता अरु हाम्रा कुल कुलानीले पनि बलि माग्छन,कुन देशका देबी देवताले रक्सी र मासु खान्छन ?भनेर कसैले प्रश्न राख्छ भने त्यसको उत्तर हुँनेछ नेपाली।किन की नेपालीहरुको देवतालाई रक्सी चढ्छ,अनि बली पनि कुखुरा,देखी भैँशी सम्म यँही काट्टिन्छन।मैले कसैले मंङ्श खायो भनेर बिरोध गरेको छैन।हामिले गर्वै देखि मङ्श खाँदै आयौँ र खाँदैपनि छौँ।मेरो भनाईलाई बुज्दा यसरी बुझ्नुहोला मेरो भनाई केवल देबी देवताको नाममा बलि चढाउँने प्रथा ठिक होईन भन्नेनै हो।
बुद्ध जन्मिएको देश सिता जन्मिएको देश अहिले सदियौँ देखि हिन्शक भयो।हाम्रा परमपराले हामिलाई त्यही बाटोमा डोराई रहेकाछन र हामिले उक्त परमपरा छाड्न सकि रहेकाछैनौँ।देवाली गर्छन त्यसमा बलि चड्छ,भैलो खेल्छौँ त्यसमा मार काटिन्छ, कसैको घरमा बिमारीछ त्यँहा झाँक्रि बसाल्छन त्यँहापनि चल्ला पाठा चाहिन्छ,हाम्रो कोममा नै हिन्शा भरिएकोछ।राम्रो बिचार सोँच्न सक्ने क्षामता छैन।देवाली नगर्नेहरु पापी अधर्मी भए,आफ्नो कुलबाट तल खसे किन की उनिहरुले बलि प्रथाको बिरुद्धमा आवाज उठाए त्यसकारण उन्लाई भाईचारा बाट हट्न पय्रो।असलमा कुनैपनि बिमारी लाई उपचार गर्नु पर्छ तर त्यसो नगरेर झाँक्रि बसाल्छन अनि बोक्सीले कालो पाठो माग्छ भन्छन र कालो पाठो काटिन्छ।अब त्यो बोक्सी कस्तो हुँन्छ त्यसको मन्त्र कसैलाई थाहा छ भने कृपया नोट गराउँनुहोश कम्तिमा त्यो ब्याक्तिको नाम ईतिहाशमा लेखिनेछ।तर त्यो छँदैछैन जस्लाई हामिले पुजेकाछौँ,धनु लगाएकाछौँ।यस्तो कुसँस्कारले हाम्रो देशमा राज गरेकोछ।महिँलाहरुलाई मासिक धर्मको बेला छाउगोठमा सारिन्छ,त्यसो गर्दा उनिहरुलाई पाप लाग्दैन जब एउटी महिँलाले अन्याय अत्याचारको बिरुद्धमा आवाज उठाउँछिन त्यो बेला पोथि बासेको भन्निन्छ र उपहास गरिन्छ।छोरी मात्रै जन्मायो भनेर लोग्नेले आर्कि बिहे गर्छ,तर वास्तबमा भन्नेहो भने छोरा बनाउँने गुणता मात्र पुरुषमा हुँन्छ अनि उसबाट भयको कम्जोरीको सजाए महिला लाई मिल्छ।आजको पुरुष प्रधान समाजले आफ्नो असलि औखात देखाउँदै आएकोछ।त्यसमा पनि उस्लाई पाप लाग्दैन पाप त उस्लाई लाग्छ जसले महिँला माथि को हिँशाको बिरुद्ध आवाज उठाउँछ।एउटा दलितलाई कुट पिट गर्दा उस्लाई पाप लाग्दैन तर दलितले कसैको पानीको गाग्रि गलतिले छोयो भने उस्लाई पाप लाग्छ।यध्यापि त्यही दलितले गाग्रि बनायो,उसैले लुगा सिलायो,उसैले घर छाउँछ,उसैले दुध दुने गाबु बनायो,उसैले जुता,शुन सबै समान बनाउँनेहरु दलित हुँन तर कुद्रतले दिएको पानी लाई छोयो भने उस्लाई पाप लाग्छ।झन ठुलो बिडम्बना त स्वायम दलित भित्रैका उप जातहरुमा पनि यस्तो बिभेद गरिन्छ।
हाम्रो समाज यस्तोछ अनि हामिले यहि समाजिक जगमा बसेर शान्ति सु ब्यबस्थाको लागि कामना गर्छौँ।
धिकारछ हाम्रो समाजलाई जस्ले कु सँस्कारलाई जोगाउँन लडेकोछ।
हाम्रो शंघर्ष त कु सँस्कारलाई फ्याँक्नको लागि पो हुँनु पर्ने,गलत रितिरिवाज लाई त्यागेर शुन्दर र बैज्ञानिक ब्यबस्था ल्याउँनको लागि हुँनु पर्ने तर हामित त्यो रुढीवादी र कु सँस्कारलाई जोगाउँन लड्दैछौँँ।हिँजो माओवादीहरुले कसैले जनै लगायो भने त्यो छिँडाल्दिन्थे,अनि गोरु काटेर नखानेहरु कम्युनिष्ट हुँदैनन भन्थे।अहिले उनिहरु आफै त्यो गाई गोरुको पुजा गर्छन र आफैले जनै लगाएर मन्द्रिमा पुजा गर्छन।उनिहरु पहिलेपनि बिचार बाट पतित भयका थिए र अहिलेपनि उनिहरुको बैचारीक पतन भयकोछ।
हाम्रो देशमा बेला बेलामा गृहयुध्द हुँदै आयो आखिर केका लागि भयो?हजारौँ मान्छे मारिए लाखौँ बेघर भय अपाङ्ग भए,केका लागि?यो प्रश्नले अहिले पनि उत्तर खोज्दैछ।हामी लडेर मात्रै हुँदैन लड्ने भन्दा पहिले केका लागि र कस्का बिरुद्ध लड्ने बारे जानकारी हुँनु पर्छ।
खलङ्गाको नालापानी युद्ध लड्नेहरुको एउटा मक्सद थियो उनिहरुले आफ्नो प्राण त्यागेर पनि अंग्रेजी फौजलाई किल्ला सम्म पुग्न दिएका थिएनन्।छे सए जना को फौज जस्मा महिला बाल बालिका लाई लिएर भलभद्र कुँवरले युद्ध लडेका थिए।त्यो युद्ध देशलाई जोगाउँन थियो जस्मा केवल ७०जना मात्र जिबित रहेका थिए।त्यो लडाईको कुनै अर्थ थियो।जस्लाई स्वायम अंग्रेजहरुले नेपालीहरु लाई वीर बहादुरको उपाधी दिएका थिए।मरेका लासमाथि स्मारक बनाएर हाम्रा बहादुर शत्रु लेखेर सलुट ठोके थिए।
राज पाठ र सत्ताको लागि त राणाहरुले लडे राजाहरुले लडे त्यो उनिहरुले आफ्नो अश्तित्वको लागि लडे देश र जनताको लागि कुनै राजा ले लडेनन् मात्र पृथ्वीनाराण साहले भुरे चौबिसे राजाहरुबाट राज्या खोसेर अखण्ड नेपाल बनाएर उनि नेपालका निर्माता बनेका थिए।त्यसपछि कुनैपनि राजाले राष्ट्रियता र जनताको हितमा लडाई लडेन आफ्नै ऐयासिमा देशको ढुकुटी रित्ताए।सुगौली सन्धि पछि आधा उपनेबेसिक रहँदै आएको देश त्यो अबस्था बाट आजपनि निस्किन सकेको छैन।तर लडाई लगातार हुँदै आएकोछ,२००७,सालमा,२०३६,२०४६,२०६२-६३,तर देशको अबस्थामा खासै सूधार भयकोछैन।बरु बिदेशीको अतिकर्मण र चल खेल बढ्दै गएकोछ। अहिलेका नेताहरुले त झनै नाङ्गो दलालि गर्न थालेकाछन।राजा आउ देश बचाउ भनेको जस्तै भारत आउ देश बचाउ भन्छन कसैले चीन आउ देश जोगाई देउ भन्छन।बिडम्बना आफ्नो देशलाई जोगाउँन आर्काको देशलाई डाक्छन तर अन्तरराष्ट्रीय अदालतमा गएर आफ्नो अधिकारको शंघर्ष गर्न सक्दैनन।आफ्नो अतिक्रमित भुभाग फिर्ता ल्याउँन सक्दैनन्।यस्ताले को सँग र किन शंघर्ष गर्ने हो भन्ने बारे बुझ्न गारोछ।वास्तबमा जनताले लडाई लडेर देश जोगाउँदै आएकाछन तर देशका नेता भनौदाहरुले देशको सार्वभौमिक्ता माथी खेलवाड गर्दै राष्ट्रलाई धितो राखेर ऐयासि गर्न लगातार बिदेशीको दलालि गर्दै आईरहेका छन।

चर्चामा

सम्बन्धित समाचार