बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

भारतको अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

  • शनिबार, पुस २५, २०७७
भारतको अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको हो । युनिटबाट सात शिशुलाई बचाइएको छ । यस्तै १० जनाको मृत्यु भएको छ ।

Ten children died in a fire that broke out at Sick Newborn Care Unit (SNCU) of Bhandara District General Hospital at 2 am today. Seven children were rescued from the unit: Pramod Khandate, Civil Surgeon, Bhandara, Maharashtra pic.twitter.com/bTokrNQ28t

जानकारीका अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो । यहाँ नाजुक स्थितीमा भएका बच्चालाई राखिन्छ । सबैभन्दा पहिले एक नर्सले वार्डबाट धुँवा निस्किएको देखिन् । त्यसपछि उनले तुरुन्त अस्पताल अधिकारीलाई यसको जानकारी दिइन् ।

चर्चामा

सम्बन्धित समाचार