शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने

ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने

  • शनिबार, पुस २५, २०७७
ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने

एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । ट्रम्पले ट्वीटरमार्फत सफत समारोहमा सहभागी नहुने जानकारी दिएका छन् । बुधबार उनका समर्थकहरुले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि सामाजिक सञ्जालमा ट्रम्पमाथि प्रतिबन्ध लगाइएको थियो । तर १२ घण्टापछि ट्वीटरले उनीमाथिको प्रतिबन्ध हटाएको छ भने फेसबुक, इन्स्टाग्राम लगायतले भने अनिश्चितकालिन प्रतिबन्ध जारी राखेका छन् ।

ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले तत्काल एउटा भिडियो शेयर गरेका थिए । जसमा उनले मेलमिलापतिर संकेत गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने जनाएका छन् । यस भिडियोमा उनले बुधबारको हिंसाको पनि निन्दा गरेका छन् । त्यसलगत्तै फेरि उनले आफ्नो पूरानो शैलीमा ट्वीट गरेर आफ्ना मतदाताहरुको पक्षमा बोलेका थिए ।

ट्वीटरमा ट्रम्पले भनेका थिए– ‘सात करोड ५० लाख महान अमेरिकी देशभक्त, जसले मलाई मतदान गरे र अमेरिकालाई फेरि महान बनाउन मतदान गरे । भविष्यमा उनको आवाज सुनिनेछ । उनीहरुमाथि अपमान वा भेदभाव गरिने छैन ।’ यसैबीच ह्वाइट हाउसका प्रवक्ताले ट्रम्पले बुधबारको हिंसामा मारिएका पुलिस अफिसरका परिवारप्रति समवेदना जनाएका छन् । प्रवक्ता जुड डिरेका अनुसार ट्रम्प र उनको प्रशासन मारिएका पुलिस अधिकारीका आफन्तहरुप्रति शोक व्यक्त गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार