शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आयुर्वेद
  • कब्जियतबाट छुटकारा पाउन खाली पेटमा नुनपानी

कब्जियतबाट छुटकारा पाउन खाली पेटमा नुनपानी

  • बिहिबार, पुस २३, २०७७
कब्जियतबाट छुटकारा पाउन खाली पेटमा नुनपानी

एजेन्सी – कब्जियतका समस्या कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । संसारभर करिब २० प्रतिशत मानिसहरु कब्जियतको समस्याबाट पीडित हुन्छन् । उपचारबाट कब्जियत निको गराउन गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपचार पनि गर्न सकिन्छ ।

नुनपानी
– कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउनुस् । यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ । यसले आन्द्राको बाहिरी सफाई गर्छ साथै भित्रि रुपमा नै समस्या कम गराउँछ ।

– नुनले शरीरलाई प्राकृतिक रुपमा डिटक्स गर्ने र पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।

–यदि तपाईंले दैनिक रुपमा खाली पेटमा नुन पानी पिउदा धेरै फाइदा पुग्छ ।

– नुन पानीका लागि एक लिटर पानी तातो गराउँनुस् । हल्का मन तातो पानीमा २ वा ३ चम्चा हालेर पिउने गर्नुस् । र १० मिनेटमा नुनपानी सकाउनुस् ।

–निश्चित रुपमा यसले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । केही समयमा नै तपाईँ पेट सफा भएको महसुस गर्नुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार