शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली प्रदेशका उद्योगमन्त्रीले पनि रोजे प्रचण्ड–नेपाल समूह,ओली समूहको प्रतिनिधित्व शून्य

कर्णाली प्रदेशका उद्योगमन्त्रीले पनि रोजे प्रचण्ड–नेपाल समूह,ओली समूहको प्रतिनिधित्व शून्य

कर्णालीको मन्त्रीमण्डलमा ओली समूहको प्रतिनिधित्व शून्य, प्रचण्ड–नेपाल समूह बलियो बन्दा ओली समूह अल्पमतमा

  • बुधबार, पुस २२, २०७७
कर्णाली प्रदेशका उद्योगमन्त्रीले पनि रोजे प्रचण्ड–नेपाल समूह,ओली समूहको प्रतिनिधित्व शून्य

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफूले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेका छन्।

invotech
मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले आफू उक्त समूहमा आवद्ध रहेको जानकारी गराएका हुन्।

आईतबार नै उनले प्रचण्ड–नेपाल रोजेको दावी नेकपा कर्णाली प्रदेशको संसदीय दलले गरे पनि बुढा स्वयंले आधिकारिक जानकारी गराएका थिएनन्। आईतबार ओली समूहमा रहेका सामाजिक विकास मन्त्री दल रावल र सांसद् पदम रोकायाले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेका थिए।

sanimabidh lab box ad 5nbm box ad 4
‘नेपाली कम्युनिष्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन म एक जिम्मेवार कार्यकर्ताको रुपमा भूमिका निभाउन र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न भूमिका खेल्नुपर्ने परिवेशमा मैंले अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालको नेतृत्वमा रहेको हाम्रो गौरवशाली नेकपामा नै रहेको जानकारी गराउन चाहन्छु,’ मन्त्री बुढाले विज्ञप्तीमार्फत भनेका छन्।

मन्त्री बुढाले पनि प्रचण्ड–नेपाल समूह रोजेसँगै कर्णाली प्रदेशको मन्त्रिमण्डलमा ओली समूहको प्रतिनिधित्व शून्य भएको छ। कर्णाली प्रदेशका ६ जना मन्त्री नै अब प्रचण्ड–नेपाल समूहका भएका छन्।

ncell in

पूर्वमाओवादी तर्फबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी छन्। ओली समूहका भनिएका पूर्व एमालेको कोटाबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल, उद्योग मन्त्री नन्दसिंह बुढाले यो समूह रोजेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला अघिदेखि नै प्रचण्ड–नेपाल समूहमा थिए। यो समूहमा उपसभामुख पुष्पा घर्ती पनि छिन्।

प्रचण्ड–नेपाल समूह बलियो बनेसँगै कर्णालीमा ओली समूह अल्पमतमा परेको छ। प्रचण्ड–नेपाल समूहमा अब २२ जना सांसद् छन्। ओली समूहमा १० जना सांसद् (सभामुखबाहेक) मात्र छन्।

कर्णाली प्रदेशसभामा रहेको ३३ जना सांसदमध्ये ६ जना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छन्। राप्रपाका एक जना सांसद् छन्। सेताेपाटीबाट शाभार

चर्चामा

सम्बन्धित समाचार