कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चलेकाे छ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका प्रहरीले बताएको छ। सीमा क्षेत्रमा गाेली चलेकाे खबर प्राप्त भएपछि प्रहरी टाेली परिचालन गरिएकाे कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
गाेली लागेर १ नेपाली घाईते भएकाे बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाे उनले बताए। स्थानीयकाे भनाईमा भने भारतिय एसएसबीले गाेली चलाउदा एक जना गम्भीर घाइते भएका छन्।