• होमपेज
  • समाज
  • बुढिनन्दाका पुजारीले गरे उमेर नपुगी बिबाह गर्नेको बिबाहमा नजाने प्रतिबद्धता

बुढिनन्दाका पुजारीले गरे उमेर नपुगी बिबाह गर्नेको बिबाहमा नजाने प्रतिबद्धता

  • आइतवार, पुस १९, २०७७
बुढिनन्दाका पुजारीले गरे उमेर नपुगी बिबाह गर्नेको बिबाहमा नजाने प्रतिबद्धता
सामाजिक वा धार्मीक रुपमा बिबाह गराइने केटा र केटीको नेपाली नागरिकताको प्रमाण पत्र अथवा जन्मदर्ता प्रमाण पत्र माग गरि कानुन बमोजिमको उमेर पुगेका बिबाह गर्नेको हकमा मात्र सामेल हुने पुजारी तथा पुरोहितहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर तथा सम्झाैता गर्दै पुराेहित तस्बिर : बडिमालिका खवर

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाका सबै पुजारी तथा पुरोहितहरुले उमेर नपुगी बिबाह गर्ने जो सुकैको बिबाहमा सहभागी नहुने प्रतिबद्धता गरेका छन । बाजुरा लगायत सुदुर पश्चिममै बालबिबाहको भयाभव अबस्था बनिरहेको बेला बुढिनन्दा नगरपालिकाले भने नयाँ कामको थालनी गरेको छ । यस अघि पनी बिभिन्न सघं संस्था र सरकारी कार्यालयबाटै बिभिन्न नियम बनाएको भए पनी यस्तो नियम चाही नबनेकोले नगरपालिकाले नयाँ बिधि अपनाएको बुढिनन्दा नगरपालिकाकी नगर उपप्रमुख श्रृष्टी रेग्मीले बताईन ।
मुलुकी देवानी सहिंता २०७४ को भाग ३ परिच्छेद १ दफा ७० (१) मा बिबाह गर्न २० बर्ष पुरा गरेको हुनुपर्ने कानुनमा उल्लेख गरेको भए पनी पुरानै संस्कारअनुसार बिबाह गर्नाले समाजमा नकरात्मक असर पर्दै गएको देखीन्छ । बाल बिबाहले बिकराल अबस्था ल्याएको र अझ थप समस्यामा कोही पनी नपरुन भनेर नगरपालिकाले यहाँका पुजारीहरुलाइ तिन बुदेँ आचारसहिता सहित प्रतिबबद्धता पत्रमा हस्ताक्षर गराएको उपप्रमुख रेग्मीले बताएकी छन ।

No description available.
सामाजिक वा धार्मीक रुपमा बिबाह गराइने केटा र केटीको नेपाली नागरिकताको प्रमाण पत्र अथवा जन्मदर्ता प्रमाण पत्र माग गरि कानुन बमोजिमको उमेर पुगेका बिबाह गर्नेको हकमा मात्र सामेल हुने पुजारी तथा पुरोहितहरुले प्रतिबद्धता जनाएका छन ।
त्यसै गरी समाजमा उमेर नपुगी बिबाहरु भएको देखेमा वा जानकारी पाएमा यथासिर्घ जानकारी गराउने प्रतिबद्धता समेत गरेको बुढिनन्दा नगरपालिकाका एक पुजारी प्रमानन्द उपाध्यायले बताए । यसरी नियमको उल्लघन गरी त्यस्ता गैर कानुनी बिबाहमा सामेल नहुने भोजमा सहभागी नहुने र भएको खण्डमा कानुन बमोजीम सजाय भोग्न तयार हुने गरी प्रतिबद्धता गराएको पुजारी उपाध्यायले बताए ।
उमेर नपुगी बिबाह गराउनेलाई मुलुकी अपराध सहिंता २०७४ को परिच्छेद ११ दफा १७३ (३) बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको ब्यबस्था गरिएको छ । तर गाउँमा भने बाल बिबाह गर्नेको संख्यामा भनी कमी नआएको देखीएका कारण बुढिनन्दा नगरपालिकाले यस्तो ब्यबस्था गरिएको उपप्रमुख रेग्मीले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार