शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • १५ मिनेटको उपस्थितीका लागि नायिका उर्वशीलाई दिइयो यति करोड ?

१५ मिनेटको उपस्थितीका लागि नायिका उर्वशीलाई दिइयो यति करोड ?

  • शनिबार, पुस १८, २०७७
१५ मिनेटको उपस्थितीका लागि नायिका उर्वशीलाई दिइयो यति करोड ?

बलिउड अभिनेत्री उर्वशी रौतेलाको लोकप्रियता उनको अभिनयका साथै उनको सोसल मिडिया प्लेटफर्ममा पनि देख्न पाइन्छ । उनको इन्स्टाग्राममा ३ करोड बढी फलोअर्स छन् । उनको बढ्दो लोकप्रियताले उनको पारिश्रमिकमा पनि निकै प्रभाव पारिरहेको छ । कुनै प्रोजेक्टका लागि होस् वा कुनै कुराको उद्घाटनका लागि होस् वा स्टेजमा प्रस्तुतीका लागि, उनको माग बढ्दो छ ।

उर्वशी हाल दुबईमा छिन् । उनी इजिप्टका अभिनेता तथा गायक मुहम्मद रमदानसँग एक प्रोजेक्टको सुटिङ गर्न त्यहाँ पुगेकी हुन् । त्यहि दुबईको प्लाजो वर्साचे होटलमा १५ मिनेटको आफ्नो उपस्थितीका लागि उनले ४ करोड भारु लिएकी छिन् । कुनै बलिउड कलाकारलाई अहिलेसम्म अफर भएको यो सर्वाधिक रकम हो ।

यसरी उर्वशीको नयाँ वर्ष निकै धमाकेदार हुने भएको छ । यसका लागि उनले पूरा तयारी गरिसकेकी छिन् । उर्वशी मोहन भारद्वाजको फिल्म ब्ल्याक रोजमा पनि काम गरिरहेकी छिन् जुन उनको पहिलो द्विभाषी फिल्म हो । यो फिल्म सेक्सपियरको ‘द मर्चेन्ट अफ भेनिस’ मा आधारित छ जसमा उर्वशीलाई शर्लकको निर्णायक भूमिका निभाएको देख्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार