डोटीमा नेकपाका कार्यकर्ताले बन मन्त्री प्रेम बहादुर आलेको कार्यक्रम बहिस्कार गर्ने भएपछि कैलाली कंचनपुर बाट मान्छे बोकेर लैजाने भएका छन । उनले कैलाली बाट सैलेस्वरी यतायतको बसहरु बुकिङ गरेर अत्तरिया राखेका छन ।
अत्तरियामा अनेरास्ववियु र युवा संघको अन्तर्कृया कार्यक्रम राखेको भन्दै युवाहरू लाई झुक्याएर लग्न लागेको श्रोतले बताएको छ । आले निकट मानिने धनगढीका एक नेताका अनुसार उनले कैलालीका विभिन्न ठाउँ बाट युवा बिद्यार्थी डोटिको कार्यक्रममा सहभागी गराउन उर्दि जारी गरेका छन् ।
AD-2
आफ्नो कार्यक्रममा गए बाफत दैनिक ज्याला समेत दिने बताएको स्रोतको दाबी छ । काठ तस्करीमा सङ्लग्न आले बन मन्त्री भएपछि डोटी जादै छन् । ओलि समुहका केन्द्रिय सद्स्य समेत रहेका आले डोटिमा प्रचण्ड माधब समूहको बर्चस्व भएपछि एक्लिएका छन् ।
प्रचण्ड माधब समुहको बर्चस्व रहेको सुदूरपश्चिममा आफ्नो पक्षको बर्चस्व रहेको प्रधानमन्त्री लाई देखाउनको लागि डोटीमा दस हजार मान्छे उतार्ने कसम खाएर बिहिवार साझ धनगढी पुगेका आलेले कैलाली बाट भाडाका मान्छे लिन लागेको श्रोतको दाबी छ ।
केही दिन अघि काठमाडौमा सुदूरपश्चिमका ओलि समुहको गुट्को भेलामा डोटीमा १० हजार मान्छे उतार्ने अभिव्यक्ति दिएका थिए । त्यही कुरा पूरा गर्न कैलाली बाट भाडामा मान्छे लिन लागेको श्रोतले बताएको छ ।