बिदेशी बैसाखीमा टेकेर देशको राजनीति राम्रो के हुँन्थ्यो।प्रदाको पछाडि औँलाको ईसारामा नचाउँदा प्रदामा शुन्दर नाच्न नाचेका कट्पुतलिहरुको खेल देख्दा क्षाण भर तमासा हेरेर बसेका दर्शकहरुलाई समय बितेको थाहानै हुँदैन।आफ्नो अमूल्य समय लाई उन्ले कसैको औँलाको भरमा बिताएको समयलाई सद उपयोग गरेको महेशुर्ष गर्छन।ठिक त्यस्तै हाम्रो देशको राजनीति र कथित राजनितिज्ञा भयकाछन।
चीन बाट आएका प्रतिनीधिहरुले फर्के पछि नेपालमा कम्युनिष्ट कोहि पनि छैनन् कोई सिआई ए,त कोई रअ का एजेन्ट छन”भनेर आफ्नो बक्तब्य सार्वजनिक गरे।त्यो उनिहरुले भने तर हामिले कम्युनिष्ट कोई पनि छैनन् देशमा कम्युनिष्टको बिउ जोगाउँन खाँचोछ भन्न लागेको दसकौँ बित्यो।अहिले त हाम्रो बिष्लेषण राम्रो पुँजिवादी प्रकारको राजनीतिज्ञा पनि देशमा भेट्न गारोछ किन की पुँजिवादी राजनीति पनि अहिले बिदेशीको बैसाखिमा टिकेकोछ।देशभित्र दलाल पुँजिपतिहरुको भरमारछ।देशको राजनीतिक होईन देशको माटोमा बिलाईति राजनितिको अभ्यास हुँदै आएकोछ त्यो पनि छिमेकीको बैसाखिमा।
हाम्रो देशका जनताले कम्युनिष्ट साशन ब्यबस्था रुचाउँने भयकोले उनिहरुलाई उपयोग गर्ने उदेश्यले हँसिया र घन अंकित झण्डा देखाएर “चराहरुलाई दाना देखाएर डोकाले तोपेको झैँ”उन्लाई तोपेकाछन।जनताले कम्युनिष्ट ब्यबस्था चाहान्छन तर कम्युनिष्टको राजनीतिक लाईन कुन हो भन्ने बारे अध्यायन गर्ने समयनै छैन।कति पय गरिब किसानहरु ज्यालादारीछन कति पय बिदेशमा निमेक गर्छन।उनिहरुको बिचमा कम्युनिष्टको झण्डा र कम्युनिष्टको बारेमा आफ्ना दन्ते कथा बोकेर अवसरबादीहरु पुग्छन।त्यो अबस्थामा उन्ले कस्ले भनेको लाई ठिक मान्ने?अहिले पनि मार्कसवादी दर्शन भित्रका लेनिनवादी शिध्दान्त,माओ बाद वा बिचारधारा बारे सोझा गरिब किसान जो वास्तबमा कम्युनिष्टको शक्तिशालि र आधारभुत बर्गहो उस्लाई थाहानै छैन।अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई उनै अवसरबादले नृतित्व गर्दैछन जस्ले कहिले आफ्नो स्वार्थमा बन्दुक बोक्छ कहिले छिमेकिहरुको कटपुतलि बनेर जनताको माझमा नोटंकि गर्छ।अनि जनताले उनैको भय्राङ बनेर उनलाई सिखरमा पुराउँछन सिखरमा गयपछि आफ्ना आसे पासे र गासेको लागि काम गर्न थाल्छन।त्यहि भयर देशमा भ्रष्टचार बडेको हुँन्छ।उनिहरुले देशमा समाबेशि मुलक समाजबाद अन्मुख रहेको राजनीति दस्ताबेज पास गर्छन र साम्राज्यावादी ईसारामा निम्न पूँजीवादी बाटो छोप्छन।यानिकी देशको राजनीतिक अब सुन्य भयो मात्र दलालि ब्यबस्था कायम भयो।यँहा के बुज्नु पय्रो भने राष्ट्रीय राजनितिक होईन यो देशका नेताहरुले जनताको आँखामा कम्युनिष्टको भ्रमछरेर बिदेशी दलाली गर्ने राजनीति गर्दैछन भन्नेकुरालाई बुझ्नु पर्छ।
हामिले हाम्रै देशको अतिक्रमिक भुभागलाई आर्काको कब्जाबाट लिन सक्ने हैसियत राखेनौ।
सडकमा असमान सन्धि खारेजिको माग गर्दै आन्दोलन गर्छौँ जनताले भरपुर साथ दिन्छन तर सदनमा गएर एक आखर त्यो आफुले लगाएको नारा याद सम्म गर्दैनौ।त्यसबाट के बुझिन्छ भने हाम्रो देशको त्यो संसद शुरक्षित छैन।भारतले नेपालको बिभिन्न ठाउँमा हजारो हेक्टर जमिन अति क्रमण गरेका उदारणहरु प्रसस्तै छन,सुगौली संन्धि बाट गुमेको भुभागलाई पछि मैत्रि सन्धिको धारा आठले यो भनेर “कि यो भन्दा अगैई भयका तमाम सन्धि सम्झौता कबुलियतनामा आदि खारिज भय”भनेर खारेज गर्दापनि त्यो भूभाग भारत सँगैछ।त्यो आफ्नो भुभागको बारेमा कुनै सरकारले अन्तरराष्ट्रिय अदालतमा जाने हुर्मत देखाएन।मात्र वार्गेनिङ्ग गर्ने र सरकारमा बस्ने भारतको समर्थन पाउँनलाई तछाड मछाड गर्ने बाहेको कुनै अरु काम गर्न सकेनन।
अहिले पनि देशमा आएको एम सीसी,र कालापानीको भूमिको बिबादमा छिमेकिको रिसले उसैको ईसारामा यो गतिरोध भयको हो।भारतिय ‘रअ’प्रमुख आएपछि नेपालको राजनीतिमा राता रात आएको भुईँचालोले देशमा ल्याएको संकट हो।अब यो ओलिको र प्रचण्ड मध्य जस्ले भारतिय दलालि बढि गर्न सक्छ आउँने सरकार उसैको हुँनेछ।देशका जनता त मात्र ओपचारिकता पुरा गर्न उनिहरुको बलिक बोका मात्रै हुँने हुँन।
बिदेशीले यो देशलाई आफ्नो अधिनस्त ल्याउँन यो देशका देशभक्त र क्रान्तिकारी शक्तिलाई खतम पार्ने रणनीति अबलम्बन गर्दै आएकोछ।केहि होनहार शक्ति आफ्नो देश जोगाउँन मराउँदैछ।कसैलाई देशभित्रको गृहयुद्ध मा झोकेर मार्ने र उन्को रिक्तस्थानमा नागरिकता बिध्यायिका लाई खोकलो पारेर भर्दै यो देशलाई फिजिको बाटो सिक्किम पुराउँने शुनोयोजित शडयान्त्र गर्दै आएकोछ।
अब यो देशमा कुनै पनि उदेश्यले गृहयुद्ध गर्नुभनेको आत्माघाति कदम हुँनेछ।अहिले प्रचण्ड ग्वार माग्दै भारतको सरणमा गयको भारतिय मिडियाहरुले लेख्दैछन।कति बेला देशको अबस्था कस्तो भुमरीमा फस्नेछ अड्कल काड्न गारोछ।तरपनि अहिले देशभक्तहरु सबैको जोड बिघटित सन्सदको बहालि र संघियताको खारेजीमा जोड हुँनैपर्छ।देश लाई जोगाउँने काम देशका सच्चा सपुतको हुँन्छ र अहिलेको मुख्य उदेश्य बिदेशी दलालहरुको भण्डाफोड गर्दै संसदको पुन्रबहाली र संघियता को खारेजीमा सबैको ध्यान जावस।जनताले पनि आफ्नो क्षाणिक भोक प्यास मेटाउँन उनिहरुको चंगुलमा फस्नु पनि उत्तिकै अप्राध हो जत्तिको एउटा गद्धारले देशको सौदा गर्न दलालि गर्दछ।