शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा आक्रोसित भीडको आक्रमणः हिन्दु सन्तको समाधीस्थल ध्वस्त

पाकिस्तानमा आक्रोसित भीडको आक्रमणः हिन्दु सन्तको समाधीस्थल ध्वस्त

  • बिहिबार, पुस १६, २०७७
पाकिस्तानमा आक्रोसित भीडको आक्रमणः हिन्दु सन्तको समाधीस्थल ध्वस्त

एजेन्सी । पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थल स्थानीय जनताको आक्रोसित भीडले ध्वस्त पारिदिएको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा अवस्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिएको हो । स्थानीय प्रहरीका अनुसार काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले बनाउन लागेको घरको विषय त्यसमा जोडिएको थियो । उनले बनाउन लागेको घर उक्त समाधिस्थलमा जोडिएको भन्दै स्थानीय भीड आक्रोसित भएको थियो । काराक जिल्लाका प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बीबीसीका प्रतिनिधि सिराजुद्धिनलाई बताएअनुसार त्यहाँ हिन्दुहरुको जनसंख्या अत्यन्तै कम छ ।

स्थानीयवासीले उक्त घर निर्माण भैरहेको स्थान समाधीस्थलको हिस्सा भएको दाबी गरिरहेका छन् । प्रहरी प्रमुखका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर स्थितिलाई बिगारेका थिए । त्यसपछि भीड यति विशाल हुँदै गयो कि परिस्थितिलाई नियन्त्रणमा लिन निकै गाह्रो भएको थियो । यद्यपि, घटनामा कसैलाई पनि चोट नलागेको प्रहरीको दाबी छ । हिन्दु सन्त श्री परम हंसजी महाराजको समाधिस्थलका सम्बन्ध यसअघि पनि विवाद भएको थियो । त्यस क्षेत्रका कट्टरपन्थी मानिहरुले शुरुदेखि नै यस समाधिस्थलको विषयमा विरोध गरिरहेका थिए ।

यसअघि सन् १९९७ सालमा सोही समाधिस्थलको विषयलाई लिएर स्थानीयवासीले पहिलोपटक आक्रमण गरेका थिए । त्यसपछि पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले यसको पुनर्निर्माण गरेको थियो । यो समाधिस्थल सरकारी ट्रस्टको सम्पति हो । हिन्दु सन्त श्री परम हंस जी महाराजको मृत्यु भएको ठाउँमा निर्माण गरिएको थियो । सन् १९१९ मा सोही ठाउँमा सन्तको अन्त्येष्टि गरिएको थियो । त्यसपछि उनका अनुयायीहरुले यहाँ वर्षौदेखि पुजापाठ गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार