बाजुरा–नेकपा ओली समूहले मार्तडि बजार सरसफाइ गरेका छन् । सडक आन्दोलनमा उत्रिएको प्रचण्ड माधव समूहलाई सांकेतिक जवाफ दिन केपी शर्मा ओलीको फोटो सहीतको व्यानर लिएर सरसफाइ गरेको हो ।
मार्तडीमा उपलब्ध नेता तथा युवा कार्यकर्ताको उपस्थितिमा मार्तडी बजार, दुनिहाटबजार, गैरी बजार, न्यूरोड, तुफानडाँडा सहीतका क्षेत्रको सरसफाइ गरेका हुन् । समृद्धिको यात्रा हामीबाटै त्यसैले हामी यता लेखिएको व्यानर र ओलीका फोटाहरु छातीमा टाँसेर सरसफाइ गरिएको नेकपा पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् ।
पार्टी जिल्ला सचिव भरत बुढा, पार्टी कार्यालय सदस्य जनक कुमार बोहरा, अर्जुन रोकाया, सचिवालय सदस्य भरत थापा, अमर खड्का, मन्देवी ओली, सीता थापा, दिल बहादुर कुँवर, विनोद कुमार विक, माया कुँवर सहीतका मार्तडीमा उपलब्ध नेताहरुको नेतृत्वमा सरसफाइ गरिएको अनेरास्ववियुका जिल्ला संयोजक राजिव रोकायाले बताएका छन् ।
बडिमालिका नगरपालिका ९ नम्बर वडा कार्यालयबाट सुरु गरिएको सरसफाइमा नेकपा नेता कार्यकर्ताले हातमा गलब्स र मुखमा मास्क, झाडु र कुचो समाएर सरसफाइ गरिएको ९ नम्बर वडा कमिटी अध्यक्ष एवं विद्यार्थी नेता राजेश पायल विकले बताएका छन् ।
प्रचण्ड माधव समूहले माइतिघर मण्डलमा बसेर हामी यता भन्ने प्यले कार्ड सहित प्रर्दशन गरिरहँदा समृद्धि आन्दोलनले नभइ सिर्जनशिल कामले मात्र संभव हुने सांकेतिक जवाफ र मार्तडी बजारको फोहर मैला व्यवस्थापन गर्न सरसफाइ गरिएको नेकपा बाजुरा ओली समर्थकले बताएका छन् ।