• होमपेज
  • राजनीति
  • राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई सिध्यादेश तिर लिए : मन्त्री शाह

राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई सिध्यादेश तिर लिए : मन्त्री शाह

  • मङ्लबार, पुस १४, २०७७
राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई सिध्यादेश तिर लिए : मन्त्री शाह

बाजुरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीले राष्टपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सिध्यादेश तिर लिएको बताए ।
राष्ट्रपतिले प्रतिनिधिसभा विघटन सिफारिको कदम कलंकको टीका लगाएको बताए । प्रचण्ड नेपाल समूहद्धारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा बाजुरा जिल्लाको सदरमुकाममा आयोजित सभालाई सम्बोधन गर्दै शाहले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको र यो सरासर सिध्यादेशको पहल कदमी भएको बताए ।
संविधान माथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि नेपाली जनता सडकमा आउने चेतावनी पनि उनले दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरे ।
आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’
सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको नेता शाहले बताए । हाम्रो सम्मानित अदालतले सिंगो देशको भावनालाई सम्मान गर्नेछ, उनले भने, ‘सर्वोच्च अदालतले नेपालको संविधानको मर्म र भावनालाई नेपाली जनताले पूर्ण बिश्वस गर्ने बताए ।
देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि प्रस्ट पारे ।

चर्चामा

सम्बन्धित समाचार