• होमपेज
  • बडिमालिका
  • सूचना आयुक्त कमला ओलीले गरिन्, बाजुराका बाढी पीडितलाई सहयोग

सूचना आयुक्त कमला ओलीले गरिन्, बाजुराका बाढी पीडितलाई सहयोग

  • सोमवार, पुस १३, २०७७
सूचना आयुक्त कमला ओलीले गरिन्, बाजुराका बाढी पीडितलाई सहयोग

बाजुरा– सूचना आयोगका आयुक्त कमला ओलीले बाजुराका बाढी पीडितलाई न्यानो छल्न सिरग सहयोग गरेकी छन् । व्यक्तिगत सहयोगमा बुढीगंगा नदीमा आएको बाढीका कारण पीडित बनेका ४२ परिवारलाई सिरग सहयोग गरेको बडिमालिका २ का वडा अध्यक्ष डम्मर महतले बताएका छन् ।

प्रति परिवारलाई एक पर्ने गरि चिसो छल्न फाइबर सिरग सहयोग प्राप्त भएको र प्रमुख जिल्ला अधिकारी मार्फत वितरण गरिएको अध्यक्ष महतको भनाई छ । बाढी पीडित बनेका बडिमालिका २, ६ र ४ नम्बर वडाका ४२ परिवारलाई सिरग सहयोग गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय सँगको समन्वय र वडा कार्यालयसँगको सहकार्यमा राहत वितरण गरिएको हो । आयुक्त ओलीको गृह जिल्ला पनि बाजुरा नै हो ।

बाढीले घरबार बेगर बनेका र बस्ने साहरा समेत गुमाएका परिवारलाई राहत स्वरुप एक।एक वटा सिरक सहयोग गरिएको हो । चिसो छल्न पीडित परिवारलाई राहत पुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । अधिकारी गैह्रे स्वयम बाढी प्रभावित बस्तीमा पुगेर सिरग हस्तान्त्रण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे, गुल्मपति, प्रहरी नायव उपरिक्षक, शसस्त्र प्रहरी नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रहरी नायव उपरिक्षक, नेकपा नेता अमर खड्का, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओली वितरण कार्यक्रममा सहभागि थिए ।

बाढी पीडितसँगको भेटमा सामान्य राहत उपलब्ध गराउने बाचा गरेकी सूचना आयुक्त थापाले करिब ५० हजार बढीको लगानीमा सिरग सहयोग गरेकी हुन् । सामाजिक सेवामा सक्रिय ओलीले पठाएको राहतले पीडितलाई ठूलो साहरा पुगेको वडा अध्यक्ष डम्मर महतले बताएका छन् ।

स्थानीय बाढी प्रभावित सिरग लिन घागर पुगेका थिए । पीडित मध्येका पनि अति विपन्न र बढी क्षति पुर्याएका परिवारलाई वितरण गरिएको हो । बाढीले ७० बढी परिवार पूर्ण रुपमा पीडित बनेका थिए । भने एक जनाको ज्यान समेत गएको थियो । बाढी गएको साउन २५ गते राती आएको हो ।

चर्चामा

सम्बन्धित समाचार