• होमपेज
  • समाज
  • कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या

कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या

  • आइतवार, पुस १२, २०७७
कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या

धनगढी– कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या भएको छ ।  जिल्लाको पुनर्वास नगरपालिका -१ ढक्काकी वृद्धा खण्टी भुलको हत्या भएको प्रहरीले बताएको छ ।

आइतबार दिउँसो वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक वृद्धा घरमा एक्लै बस्ने गरेको बताइएको छ । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार