• होमपेज
  • समाज
  • सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री बोहरालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री बोहरालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब

  • आइतवार, पुस १२, २०७७
सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री बोहरालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मन्त्री पदबाट बर्खास्त गर्न दबाब सिर्जना भएको छ।

नेकपा पार्टी नै विभाजन भएपछि सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली समूह भन्दा प्रचण्ड–नेपाल समूह बलियो छ। प्रदेश सरकारको मन्त्रीमण्डलका सदस्य मध्ये मन्त्री बोहरा ओली समूहको केन्द्रीय सदस्यमा मनोनित समेत भइसकेपछि उनलाई मन्त्री पदबाट हटाउने तयारी भइरहेको नेकपाको (प्रचण्ड–नेपाल) प्रदेश समितिका सचिव नेपबहादुर चौधरीले जानकारी दिए।

उनले दिनेशखबर सँग भने,‘पार्टीको कुनै पनि सदस्य पार्टीको हित विपरित काम गरेपछि उसलाई कारवाही निश्चित छ। मन्त्री बोहरा ज्युले पनि पार्टीको अनुशासन विपरित काम गर्नुभयो। सकेसम्म उहाँले आफै नैतिक रुपमा नै जिम्मेवारीबाट मुक्त हुनुपर्छ, नभए कारबाही त हुन्छ नै।’

सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ जना मध्ये नेकपाका ३९, नेपाली काँग्रेसका १२ र राजपाका २ जना प्रदेशसभा सदस्य छन्। नेकपा पार्टी नै विभाजन भएपछि नेकपाका सांसद विभाजित भएका हुन्।

३९ जना प्रदेशसभा सदस्य मध्ये ३४ जना आफ्नो समूहमा रहेको दाबी प्रचण्ड–माधव पक्षको छ। तर ओली पक्षले आफ्नो पक्षमा १३ जना प्रदेश सभा सदस्य रहेको दाबी गरेको छ। तथापि हालसम्म सुदुरपश्चिम प्रदेश सभामा प्रचण्ड–माधव समूह नै बलियो देखिएको हो। जुनकारण मन्त्री पठानसिंह बोहराको पद धरापमा परेको हो।

यसैबीच मन्त्री बोहरालाई जिम्मेवारी हटाउनुपर्ने भन्दै प्रचण्ड–माधव समूहका प्रदेश सभा सदस्यहरु मुख्यमन्त्री त्रिचोचन भट्टलाई दबाब दिइएको बताइएको छ। भने मुख्यमन्त्री भट्टले शनिबार मन्त्री बोहरा सँग टेलिफोन संवाद गर्दै मन्त्री पदको जिम्मेवारीवारे प्रतिक्रिया लिएको बताइएको छ।

मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीलृे भने, ‘हिजो मुख्यमन्त्री र मन्त्रीबीच संवाद भयो। सकेसम्म उहाँले (मन्त्री) आफै बाटो सहज बनाइदिनुपर्छ। तर अहिले नै हटाउनुपर्छ भन्नेबारे कुनै तयारी छैन।’

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा पनि आशंकाको घेरामा रहेको बताइएको छ। मन्त्री बोहराले आफु पार्टी एकताको पक्ष रहेको भन्दै हालसम्म तटस्थ बसेका छन्। आफ्नो दृष्टिकोण स्पष्ट नगरेको भन्दै उनी पनि आशंकाको घेरामा रहेको नेकपा स्रोतको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार