शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराको स्वामिकार्तिक गाउँपालिकामा कर्णालीमा तारेर पहिलो पटक जीप पुगाए

बाजुराको स्वामिकार्तिक गाउँपालिकामा कर्णालीमा तारेर पहिलो पटक जीप पुगाए

  • शनिबार, पुस ११, २०७७
बाजुराको स्वामिकार्तिक गाउँपालिकामा कर्णालीमा तारेर पहिलो पटक जीप पुगाए

बाजुरा — बाजुरा जिल्लाको सबै भन्दा दुर्गममा रहेको र अहिले सम्म यातायात पुग्न नसकेको स्वामिर्कािक खापर गाउँपालिकामा पहिलो पटक जीप पुर्याएको छ । गाउँपालिकाको पहलमा सो ठाउँमा जीप पुर्याइएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले बताएका छन ।
कर्णाली पारीको एक मात्र गाउँपालिका हाल सम्म यातायात पुग्न नसकेको र त्यहाका जनाताहरुले निकै सास्ती भागेको समस्यालाई मध्यनजर गरी कर्णाली नदिमा ड्रमहरुमा जीपलाई चढाएर पारी तारीएको गाउँपालिका अध्यक्ष शाहीले बताए । साे ठाउँमा गाडी सहज रूपमा लिन नसकीए पनी जाेखीम माेलेर पारी तारीयाे अध्यक्ष शाहीले बताए ।
सुईजिउला कणर्ाली नदिमा फेरी निर्माण गर्ने गरी डिपिआर तयार भएको भए पनी आर्थिक अभावका कारण हुन नसक्दा समस्या भईरहेको र केही उपाए नलाग्दा ठुला ड्रमहरुमा बाधेर पारी तारीएको अध्यक्ष शाहीले बताए । गाउँपालिका भरी सेवा दिन सो गाडी पारी तारीएको सुचना अधिकारी कुबेर बहादुर शाहीले बताए ।

No description available.
सो गाउँपालिकामा जम्मा ५ ओटा वडा रहेका छन र ५ ओटा वडा मध्य ३ वडामा सहज रुपमा गाडी चल्ने भएको सुचना अधिकारी शाहीले बताए । बाकी १ र २ नम्मर वडामा बैशाख सम्म सडक निर्माण कार्य सम्पन्न गरि दुबै वडामा पनी यातायातको सहज पहुच पुर्याउने लक्ष लिएको गाउँपालिकाका सुचना अधिकारी शाहीले बताएका छन ।
बाजुरा जिल्लाको बिकट तर सुन्दर सम्भावना बोकेको स्वामीकार्तिक खापर गाउँपालिकाको पुर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकोट जिल्ला संग सिमाना जोडिएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसोबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । स्वामिकार्तिक खापर गाउँपालिका साविकको साप्पाटा बस्ती लौठी, उपरगाउँ देखि साविकको वाई गाविसको मिगु बस्ती दुर्गम गाउँको रुपमा पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार