शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • आइसोलेशन ब्यबस्थापनका लागि प्रदेश सरकार धाउदै मेयर बडुवाल

आइसोलेशन ब्यबस्थापनका लागि प्रदेश सरकार धाउदै मेयर बडुवाल

  • शनिबार, पुस ११, २०७७
आइसोलेशन ब्यबस्थापनका लागि प्रदेश सरकार धाउदै मेयर बडुवाल

बाजुरा — बाजुरा जिल्लामा कोबिट १९ को ब्यबस्थापनका लागि आइसोलेशन ब्यबस्थापन गर्न बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल प्रदेश मन्त्रालय पुगेका छन ।
बाजुरामा कोरोना बिरामीको उपचार गर्ने ठाँउ छैन् । जिल्ला समन्वय समितिको भवन र समिक्षालयमा बनाईएको थियो । आइसोलेसन बनाईएको क्वाटरमा समन्वय समितिका कर्मचारीले क्वाटर बनाएपछि बाजुरामा कोभिडका बिरामी राख्ने ठाँउ कतै नभएकोले मेयर बडुवाल खर्च ब्यबस्थापनका लागि प्रदेश सरकार कहाँ पुगेका छन् ।
सामान्य लक्षण देखा परेर अस्पतालमा उपचारमा गएपछि कोभिडको बिरामी राख्ने ठाँउ नहँुदा जिल्लाको सदरमुकाममा निकै समस्या भएपछि मेयर आइसोलेशनका लागि धाउदै प्रदेश सरकार कहा पुगेका छन । जिल्ला समन्वय समिति समिक्षालयमा बनाएको आइसोलेशन त्यहाँका कर्मचारीले हडपेपछि यस्तो समस्या आएको हो । जिल्ला अस्पताल बाजुरालाई कोरोना उपचार अस्पतालका रुपमा सरकाले निणर्य गरेको छ । तर अस्पतालमा कोभिडको बिरामी राख्ने ठाँउ नभएको कारण बजेट ब्यबस्थापनका लागि आफुले प्रदेशमा माग गरिरहेको मेयर बडुबावलले बताए
जिल्ला अस्पतालले कोरोना बिरामी उपचारका रुपमा बनाएको ठाँउमा जिल्ला समन्वय समितिका कर्मचारीले क्वाटर बनाएपछि कोभिडका उपचार गर्ने ठाँउ नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । कुनै कोभिडको सिकिस्त बिरामी भएपछि बाजुरामा कतै राख्ने ठाँउ नभएको डा. रूपचन्द बिश्वकर्माले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार