बाजुरा–आजलाई होइन् भोलिलाई १० वर्ष ओलीलाई भन्दै बाजुरामा नारा जुलुस र नाचगान बाजुरामा नेकपा ओली निकट युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नाराजुलुस गरेका छन् । मार्तडी बजार परिक्रमा सहीत ओलीको पक्षमा नाराजुलुस सहीत नाचगान गरिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् ।
आजलाई होइन् भोलिलाई १० वर्ष ओलीलाई भन्दै युवाहरुले मार्तडी बजारमा प्रर्दशन गरेका छन् । हिजोमात्र चियापान सहीत प्रतिगमनका विरुद्ध र ओलीका पक्षमा सशक्त आन्दोलन गर्न तयार हुने सहमति गरेका युवाले आज दोस्रो दिन नारा जुसुल सहीत नाचगान गरेका छन् । युवाहरुले सही पनि एमाले, मै पनि एमाले भन्ने गीतसँगै नाचगान गरेका छन् । ओली बाहेकको विकल्प छैन्, नेकपा एक ढिक्का भएर अघि बढ्नु पर्ने र विदेशी इशारामा चलेका केही नेताहरुलाई सच्चीन आग्रह सहीत नारा जुसुल र नाचगान गरिएको नेकपा बडिमालिका नगरपालिका ९ नम्बर वडा कमिटी अध्यक्ष राजेश पायलले बताएका छन् ।
बजार भित्रको सडकमै नारा जुलुस सहीत नाचगान गरिएको विद्यार्थी नेता प्रेम नेपालीले जानकारी दिएका छन् । मार्तडी बजार, दुनि हाटबजार, गैरी बजार, न्यूरोड सहीत परिक्रममा पछि युवाहरु लोकतान्त्रिक चोकमा जम्मा भएका थिए । लोकतान्त्रिक चोकमा विद्यार्थी नेता प्रेम नेपाली र वडा कमिटी अध्यक्ष राजेश पायलले भनाई राखेका थिए ।
वडा कमिटी अध्यक्ष राजेश पायलले देशमै केपी ओलीको विकल्प खोज्ने बेला नआएको र प्रचण्ड माधव पक्षमा लागेर राजनीतिक भविष्य नबिगार्न आग्रह गरेका छन् ।