प्रधाननयायाधीश चोलेन्द्र शंशेर राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेका छन् । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज हुने संवैधानिक इजलाश अघि प्रधानन्यायाधी राणाले रोष्टर परिवर्तन गरेका हुन् ।
५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खडकालाई हटाएर न्यायाधीशहरु अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखेका हुन् । सिन्हा प्रधानन्यायाधीश राणाको ल फर्मका पार्टनर हुन् भने केसी राणाका यसम्यान । यसो गर्दा इजलासमा राणाको बहुमत बन्ने निश्चत भएको छ ।
गत बुधवार प्रधान न्यायाधीश राणाको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको थियो ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरुले बताइरहेका बेला रोष्टर नै परिवर्तन गरेपछि यसबारे चलखेल हुनसक्ने कानुनविद्हरुले बताएका छन् ।