• होमपेज
  • समाज
  • सेवा लिन आउने बृद्धबृद्धालाइ कम्मल दिदै जिल्ला प्रशासन कार्यलय अछाम

सेवा लिन आउने बृद्धबृद्धालाइ कम्मल दिदै जिल्ला प्रशासन कार्यलय अछाम

  • शुक्रबार, पुस १०, २०७७
सेवा लिन आउने बृद्धबृद्धालाइ कम्मल दिदै जिल्ला प्रशासन कार्यलय अछाम

बाजुरा–जिल्ला प्रशासन कार्यलय अछामले सेवालिन आउने बृद्धबृद्धालाई कम्मल दिने गरेको छ । पौष १ गते बाट ७० बर्ष भन्दा माथि सेवा लिन आउने सेवाग्राहिलाई न्यानोका लागि कम्मल सहयोग गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले वताएका छन् ।
आर्थिक अबस्था कमजोर भएका सेवालिन आउने सेवाग्राहिलाई चिसोमा न्यानोका लागि कम्मल दिने गरेका छौ, तर अहिले गाँउबाट पनि कम्मल माग्न आउने गरेको प्रजिअ उपाध्यायले वताएका छन् । आर्थिक अबस्था कमजोर भएकानै हुन कम्मल माग्न आउने अब अन्य बृद्धबृद्धालाई दिने तयारी रहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले वताए ।
२० जना भन्दा बढि सेवाग्राहिलाई दिइसकेको जिल्ला प्रशासन कार्यलयले अछामले वताएको छ । मेल्लेख गाँउपालिका ८ हात्तिकोट बस्ने ७० बर्षिय कलधरी साउद सेवा लिन प्रशासन कार्यलय पुगिन् । कलधरीले सेवा सँगै कम्मल पाएको वताईन् । आर्थिक अबस्था कमजोर रहेको थियो चिसोमा कम्मल पाँउदा निकै खुशि भएको उनले वताईन् । त्यस्तै मंगलसैन नगरपालिका १० जुपुकि ७२ बर्षिय बेलु सुनार पनि सेवा सँग कम्मल पाँउदा निकै खुशि भएको वताईन् ।
चिसो समयमा बृद्धबृद्धलाइ न्यानोका लागि सहयोग होस भनेर जिल्ला प्रशासन कार्यलयल यो अभियान शुरु गरेको हो । गृह मन्त्रालयको कुनै निर्देशन थिएन्, आफुहरुले नै निर्णय गरेको हौ, चिसोमा बृद्धबृद्धालाई सहयोग होस भनेर कम्मल सहयोग शुरु गरेको साहयक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिलसेनाले वताएका छन् । आर्थिक अबस्था कमजोरले कम्मल किन्न सक्ने अबस्था नभएका पनि हुने गरेका छन्, यसले चिसोमा ठुलो सहयोग भएको स्थानियले वताएका छन् ।
जिल्ला प्रशासन कार्यलय अछामले गरेको यो काम नयाँ भएको अछाम बासिले वताएका छन् । जिल्ला प्रशासन कार्यलय अछामले नागरिकलाई सेवा प्रबाह पनि छिटोछरीतो गर्दै आएको नागरिक समाजका सदस्य धुब्र सुनारले वताएका छन् । अछाममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय आइसकेपछि जनसेवा र प्रशासनले दिने सेवा सुबिधा छिटोछरीतो हुने गरेको सुनारले वताए ।

चर्चामा

सम्बन्धित समाचार