• होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ चुथि स्वास्थ्य चौकीमा कोइकाको सहयोगमा साम्रगी हस्तान्तरण

बडिमालिका ७ चुथि स्वास्थ्य चौकीमा कोइकाको सहयोगमा साम्रगी हस्तान्तरण

  • शुक्रबार, पुस १०, २०७७
बडिमालिका ७ चुथि स्वास्थ्य चौकीमा कोइकाको सहयोगमा साम्रगी हस्तान्तरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको चुथी स्वास्थ्य चौकीमा कोईको आर्थिक सहयोगमा बिभिन्न साम्रगी हस्तान्तरण गरिएको छ । कोईकाको आर्थिक सहयोग, गुड नेवर्स ईन्टरनेशनलसंगको साझेदारीमा किडार्क नेपाल र पीसविनद्धारा संचालन भईरहेको महिनावारी स्वच्छता व्यवस्थापन परियोजनाद्धारा चुथि स्वास्थ चौकिलाई बिभिन्न साम्रगीहरु हस्तान्तरण गरिएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
जसमा टिभि ४३ ईन्च १ सेट, प्रोजेक्टर – १ सेट, प्रोजेक्टर स्कृन – १ सेट, एचडिएमआई केबल – १ सेट र थर्मल गन लगायतका साम्रगीहरु चुथी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन ।
त्यसै गरी बिद्यालयहरुमा स्यानिटाईजर, माक्स लगायत साम्रगी बितरण गर्नुका साथै दुइ ओटा माबि स्कुलहरुमा ट्वाईलेट निर्माण लगायत महिनावारी स्वच्छता सम्बन्धि सामग्री सहयोग गरिएको वडा अध्यक्ष पाध्यायले बताए । त्यसै गरी वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वय तथा बिभिन्न ब्यक्तीहरुको सहयोग र वडाको थप लगानीमा ७० जना वृद्धलाई बलाङ्केट सहयोग गरीएकाे छ भने त्यसै गरी फेडोको सहयोगमा २८ परिवारलाई खाद्यान्न सहयोग वितरण गरीएको वडा अध्यक्ष पाध्यायले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार