• होमपेज
  • प्रदेश ७
  • धनगढीबाट छुटेको जिप बैतडीमा दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

धनगढीबाट छुटेको जिप बैतडीमा दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

  • बिहिबार, पुस ९, २०७७
धनगढीबाट छुटेको जिप बैतडीमा दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

धनगढीः बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप जिल्लाको सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले दुर्घटनामा चालक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको पुष्टि गरेको छ।

दुर्घटनामा परि ३ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा रहेका छन्।

बोहरा बाहेकका २ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई घट्नास्थलबाट उद्दार गरी उपचारका लागी डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार