• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका नेकपा नेताहरु को–कता ?

सुदूरपश्चिमका नेकपा नेताहरु को–कता ?

  • बुधबार, पुस ८, २०७७
सुदूरपश्चिमका नेकपा नेताहरु को–कता ?

पाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेसँगै नेताहरु पक्ष विपक्षमा उभिने क्रम जारी छ । संसद विघटनको प्रस्तावसँगै नेकपा विभाजनको प्रक्रियामा अगाडि बढेको छ । मंगलबार अध्यक्ष केपी ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाए ।

ओली समूहले महाधिवेशनको मिति नै तोक्यो भने प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई कारवाही गर्दै माधव नेपाललाई अध्यक्ष बनाए । शीर्ष नेताहरु विभाजनको असर तल्लो तहसम्मै परेको छ । दुवै पक्ष नेताहरुलाई आफ्नो समूहमा ल्याउन सक्रिय छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि नेताहरु ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट नेकपाका माथिल्लो तहका नेता हुन भीम रावल । एमालेका पूर्व उपाध्यक्षसमेत रहिसकेका रावल विगतदेखि नै माधव नेपाल समूहका नेता मानिन्छन् । पछिल्लो समय उनी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए । रावलपछि अर्का नेता हुन लेखराज भट्ट ।

ओली सरकारमा वहालवाला उद्योगमन्त्री रहेका भट्ट पूर्व माओवादी नेता हुन् । एमालेसँगै एकता हुनुपूर्व उनी प्रचण्डका विश्वासपात्र मानिन्थे । तर, अहिले उनी ओली समूहमा छन् । पूर्व माओवादी नेतामा भट्ट नै प्रचण्डका सबैभन्दा ठूला आलोचक भएका छन् ।

सुदूरपश्चिमका अर्का नेता कर्ण थापा पूर्व उद्योगमन्त्रीसमेत हुन । उनी विगतदेखि नै ओली समूहमा थिए ।

नेकपाका नेता खगराज भट्ट प्रचण्ड समूहमै छन् । उनी पूर्व माओवादी नेतासमेत हुन । लेखराज भट्ट ओली समूहमा लागेपछि पछिल्लो समय प्रचण्डले खगराजलाई अगाडि बढाउँदै आएका छन् ।

ओली सरकारको मन्त्रीबाट राजीनामा दिएकी बिना मगर प्रचण्ड समूहमै छिन् । उनी कञ्चपुरबाट प्रत्यक्ष निर्वाचित सासंद पनि हुन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचोलन भट्ट प्रचण्ड समूहमा छन् । मुख्यमन्त्री हुनुअघि उनी लेखराज भट्टका विश्वासपात्र मानिन्थे । मुख्यमन्त्री भट्ट पनि पूर्व माओवादी नेता हुन् ।

नेता दीपकप्रकाश भट्ट ओली समूहमै छन् ।

डोटीका नेता प्रेम आले ओली समूहमा छन् । उनी प्रत्यक्ष निर्वाचन जितेका नेता हुन् ।

निरुदेवी पाल ओली समूहमै छिन् । उनी विगतदेखि नै ओली समूहमा थिइन ।

दार्चुलाका नेता तथा सांसद गणेश ठगुन्ना पनि ओली समूहमै छन् ।

चर्चामा

सम्बन्धित समाचार