• होमपेज
  • राजनीति
  • दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी

  • मङ्लबार, पुस ७, २०७७
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी छ । बैठक केहीबेर अघिदेखि बसिरहेको एक नेताले बताए ।

स्थायी कमिटी बैठक लगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय जारी स्थायी कमिटी बैठकबाट गर्ने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए । नेकपाका अर्का अध्यक्ष ओली समूहनिकट केन्द्रीय कमिटी बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार