नेपाली कांग्रेसका नेता एवम् पुर्व भुमिसुधार सहायक मन्त्री जनक गिरिले राष्ट्रपति बिधा देवि भण्डारी को पछिल्लो कदमको निन्दा गर्दै देशको राष्ट्रपति प्रधानमन्त्री ओलिको रबर स्ट्याम्प बन्नु दु:खद भएको बताए । प्रधानमन्त्री ओलिको लहठमा लागेर राष्ट्रपतिले आफ्नो पदको गरिमा नै समाप्त गरेको भन्दै पुर्व मन्त्री गिरिले संघिय लोकतान्त्रिक गणतन्त्र को रक्षाका निम्ति जस्तोसुकै आन्दोलनको जेहाद क्षेड्न नेपाली कांग्रेस तयार रहेको बताए ।
कांग्रेस अहिलेको अवस्थामा सत्ता मोह भन्दा माथी उठेर लोकतान्त्रिक मूल्य मान्यता,नेपाल को संविधान,बिधिको शासनको रक्षाका निम्ति सडक आन्दोलनमा होमिने भन्दै पुर्व मन्त्री गिरीले प्रधानमन्त्री ओलिको असंबैधानिक कदम विरुद्ध आवज उठाउन निर्देशन दिएका छन नेपाली जनताले नेपाल को राजनितीमा स्थायित्व चाहेको भन्दै नेता गिरिले ब्यक्तिगत स्वार्थका निम्ति राष्ट्रपति र प्रधानमन्त्री मिलेर नेपाली जनताको भवना माथी कुठाराघात गरेको उल्लेख गर्दै देश संकटमा परेको बेला संबैधानिक नियुक्तिमा भागबण्डा खोजेर त्यसको साक्षी नबस्न कांग्रेस सभापति शेर बहादुर देउवालाई आग्रह गरेका छन ।
ओलिको पछिल्लो असंबैधानिक कदम विरुद्ध भण्डाफोर गर्दै नेपाली कांग्रेस ले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । ओलिको पछिल्लो कदमको चौतर्फी बिरोध भैरहेको छ।