• होमपेज
  • राजनीति
  • ओलीको कदमपछि ७ मन्त्रीद्वारा सामूहिक राजीनामाको घोषणा

ओलीको कदमपछि ७ मन्त्रीद्वारा सामूहिक राजीनामाको घोषणा

  • आइतवार, पुस ५, २०७७
ओलीको कदमपछि ७ मन्त्रीद्वारा सामूहिक राजीनामाको घोषणा

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् ।
आजै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका थिए भने त्यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार