नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो । खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।
यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।