• होमपेज
  • बडिमालिका
  • बुवाकाे मृत्युपछि बिचल्लीमा परेका सम्राटलाइ आर्थिक सहयाेग

बुवाकाे मृत्युपछि बिचल्लीमा परेका सम्राटलाइ आर्थिक सहयाेग

  • आइतवार, पुस ५, २०७७
बुवाकाे मृत्युपछि बिचल्लीमा परेका सम्राटलाइ आर्थिक सहयाेग

बाजुरा — बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ९ का बुवाकाे मृत्युपछि बिचल्लिमा परेका नाबालक सम्राट बिकलाइ आर्थिक सहयाेग जुटेकाे छ । बडिमालिका खवरकाे अभियानमा सम्राटलाइ आर्थिक सहयाेग जुटेकाे हाे । उनकाे बिचल्लि भन्ने समाचार बडिमालिका खवरमा समाचार सम्प्रेशण पश्चात बुढिनन्दा नगरपालिकाकी राेजगार संयाेजक रमा शाही र बेलायतमा बस्ने सामाजिक अभियान्ता मिना गुरूङ्गले सम्राटकाे लागि सहयाेग गरेकी छन । राेजगार संयाेजक शाहीले आफ्नाे जन्मदिनकाे अबसरमा हुने खर्चलाइ बचाएर सम्राटकाे लागि सहयाेग गरेकाे बडिमालिका खवरका सम्पादक प्रकाश सिहंले बताएका छन ।

बडिमालिका नगरपालिका वडा न ९ का ३७ बर्षिय लाल बहादुर बिक शुक्रवार बिहान घरमै मृत अबस्थामा फेला परे । बेलुका मदिरा सेवन गरेर घर आएका लाल बहादुर घरको भुइतलामा सुतेका थिए, बिहान उनि मृत अबस्थामा फेला परे तर उनका नाबालक छाेरा बिचल्लीमा परे । श्रीमतीले तिन बर्ष पहिला २ छोराछोरी लिएर अर्को बिहे गरेकी लाल बहादुरका ८ बर्षका नाबालक छोरा मात्र छन् ।

आइतबार बिहान उनकै घरमा गएर  सम्राटलाइ आर्थिक सहयाेग गरिएकाे छ । बडिमालिका नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायद्धारा साे रकम हस्तान्तरण गरिएकाे छ । बुढिनन्दा नगरपालिका प्रधान मन्त्री राेजगार संयाेजक रमा शाही र बेलायतमा बस्ने सामाजिक अभियान्ता मिना गुरूङ्गले दिएकाे ५\५ हजार गरी १० हजार रूपैँया बडिमालिका खवरकाे पहलमा हस्तान्तरणा गरिएकाे छ ।

बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष बडिमालिका खवरका सम्पादक प्रकाश सिहं, कार्यकारी सम्पादक पदम सिहं, अनलाइन सम्पादक लक्ष्मीराज पाध्याय र नेपाल पत्रकार महासघ बाजुरा शाखाका सचिव प्रेम बिक उनकै घरमा पुगेर साे रकम हस्तान्तरणा गरिएकाे छ ।

बुवा आमाकाे मृत्युले परिवार बिच्चलीमा पार्छन्, र समाज नै रुवाएर जान्छन् । बडिमालिका नगरपालिका ९ मार्तडीमा यस्तै घटना भएको छ ।
साहाराको रुपमा रहेका बुवाको मृत्यु पछि सम्राट बिक बिच्चली परेका छन् । बुवाको मृत्युमा मलामी गएका जेठो छोरा सम्राट जब बुवा चितामा जलिरहेका थिए । सम्राट एकोहोरो बुवा जलिरहेको चितामा टोलाइरहेका थिए, जसरी चित्ता दनदनी जलिरहेको थियो, त्यसरी उनको मन पनि जलिरहेको थियो । मलामीहरुले उनलाइ सम्झाइरहेका थिए, तर ति नाबालक एकोहोरो बुवा जलिरहेको चितामा हेरिहेका थिए । लाल बहादुरको मृत्युले छोरा अलपत्र परे समाजलाई पुरै रुवाएर गएका छन् ।
सम्राटकी आमा थुमा बिक २ बर्ष पहिला ४ बर्षकी छोरी गायत्रि बिक र ३ बर्षका कृतन बिक सँगै लिएर अर्को बिहे गरेर गएकि थिईन् । स्थानियका अनुसार उनि बडिमालिका नगरपालिका कोर्धका एकजना युवा सँग बिहे गरेर अहिले भारतको सिम्लेपहाडमा बस्ने गरेको वताएका छन् । पत्रकार प्रेम बिक सामाजिक सञ्जालमा लेखेको छन्, आमाले हेरिनन्, बुवालाई दैबले लियो, यि बेसाहाराका लागि तपाइ हाम्रो सहयोगको खाचो र सहयोगका लागि अपिल गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार