• होमपेज
  • बडिमालिका
  • मार्तडीका सामुदायिक र निजी बिद्यालय बन्द

मार्तडीका सामुदायिक र निजी बिद्यालय बन्द

  • शनिबार, पुस ४, २०७७
मार्तडीका सामुदायिक र निजी बिद्यालय बन्द

बाजुरा — कोरोना संक्रमणको जोखिम देखिए पछि जिल्ला प्रशासन कार्यालयले मार्तडीका सामुदायिक र निजि बिद्यालय अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्न पत्राचार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सनिबार बडिमालिका नगरपालिकालाई वडा नम्बर ८ र ९ मार्तडीका सामुदायिक र निजी बिद्यालय बन्द गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । गैह्रेले भने हाललाई दश दिनसम्मको लागि पत्राचार गरेको छ । बाँकी संक्रमणको अबस्था मध्यनजर गरेर संचालन गर्ने नगर्ने निणर्य हुने बताए ।
मसिंर ३० गते स्वाव संकलन गरि धनगढी पठाएको र बिहिबार परिक्षण रिर्पोट आएको जसमा ४ जना बिद्यार्थीहरुमा कोरोना देखीएपछि कोरोनाको संक्रमण बढी हुन सक्ने भन्दै सुरक्षको दृष्टिकोणले बन्द गर्न पत्राचार गरिएको गैह्रेले बताए । बाजुरा जिल्लामै सबै भन्दा बढि बिद्यार्थीको चाप रहेको मालिका नमुना माबिमा हाल २ हजार ४२ जना बिद्यार्थी र ६१ जना शिक्षक र कर्मचारी रहेका छन ।
बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत्त रंगमल बिकले भने प्रशासनले नगरपालिकालाई पत्राचार गरिएको र आज सनिबार भएका कारणले बिद्यालयलाई जानकारी गराउन सकिएन भोली आईतबार बिहान सबै बिद्यालयलाई पत्राचार गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार