आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा कोरोना उपचार गर्ने ठाँउ छैन्, गैर जिम्मेवार बन्दै सरकार

बाजुरामा कोरोना उपचार गर्ने ठाँउ छैन्, गैर जिम्मेवार बन्दै सरकार

  • शुक्रबार, पुस ३, २०७७
बाजुरामा कोरोना उपचार गर्ने ठाँउ छैन्, गैर जिम्मेवार बन्दै सरकार

बाजुरा–बाजुरामा कोरोना बिरामीको उपचार गर्ने ठाँउ छैन् । सामान्य लक्षण देखा परेर अस्पतालमा उपचारमा गएपछि कोभिडको बिरामी राख्ने ठाँउ नहँुदा समस्या भएको छ । बिहिवार बाजुरामा १४ जनालाई कोरोना पुष्टि भयो । सबै बडिमालिका नगरपालिका अन्तर्गत सदरमुकाम मार्तडीमा बसोवास गर्नेलाई देखा परेको थियो ।
बिहिवार पोजेटिभ देखिएका १ जनालाई लक्षण पनि देखा परेको थियो । भाडामा बस्ने गरेका उनले उपचारका लागि र आइसोलेसन बस्नका लागि सदरमुकाम धेरै ठाँउमा खबर गरे । राति १० बजे सम्म कतै बस्ने ठाँउ नपाएपछि कोठामा बन्दक तरिकाले बसिरहेका छन् । जिल्ला अस्पताल बाजुरा, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यलय र निजि होटलमा हारगुहार गरेपनि कतै बस्न नपाएको वताएका छन् ।
जिल्ला अस्पताल बाजुरालाई कोरोना उपचार अस्पतालका रुपमा सरकाले निर्णय गरेको छ । तर अस्पतालमा कोभिडको बिरामी राख्ने ठाँउ नभएको अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । जिल्ला अस्पताल बाजुराले जिल्ला समन्वय समितिको समिक्षालय र भवनमा आइसोलेसन बनाएको थियो । त्यहि ठाँउमा कोरोनको उपचार गरिरहेका थिए । जिल्ला समन्वय समितिले कर्मचारी बस्ने ठाँउ नभएको भन्दै कोरोना बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी बस्ने भवनमा कर्मचारी बस्ने क्वाटर बनाएका छन् ।
जिल्ला अस्पतालले कोरोना बिरामी उपचारका रुपमा बनाएको ठाँउमा जिल्ला समन्वय समितिका कर्मचारीले क्वाटर बनाएपछि कोभिडका उपचार गर्ने ठाँउ नभएको अस्पताल बाजुराले जनाएको छ । कुनै कोभिडको सिकिस्त बिरामी भएपछि बाजुरामा कतै राख्ने ठाँउ नभएको डा. बिश्वकर्माले वताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले भने कोभिडका बिरामीको ब्यबस्थापन गर्ने अस्पतालको हो, हाम्रो भवनमा कर्मचारी बस्नुपर्ने भएकाले कर्मचारी राखेको वताए । हामीले केही समयका लागि दिएका हौ, अस्पताल तथा कोभिड संकट ब्यबस्थापन समितिले ब्यबस्थापन गर्नुपर्ने हो, हामीलाइ आबश्यक भयो प्रयोग गरेको रोकायले वताए । अस्पतालका नयाँ भवन केही निर्माण भइसकेको त्यसैमा बनाए पनि हुने रोकायाले थपे ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले भने जिल्ला समन्वय समितिलाई आइसोलेसन अहिले त्यहि ठाँउमा सञ्चालनका लागि भनेपनि नमानेका कारणले बाजुरामा कोभिडको बिरामी राख्ने ठाँउ नभएको वताए । कर्मचारीको क्वाटर त अन्य ठाँउ पनि बनाउन सकिन्थ्यो, यो संकटका बेला आइसोलेन तथा कोभिड उपचारका लागि बनाएको ठाँउमा मानवतका हिसाबले कर्मचारी बस्न नहुने हो, तर धेरै प्रयास गरयौ जिल्ला समन्वय समितिले नमानेको बताए ।
बडिमालिका नगरपालिकाले अस्पताल नजिकै आइसोलेसनका लागि भाडामा लिएको घर पनि आइसोलेसन तथा उपचारमा उपभोग्य गर्ने उपयुक्त नभएको भन्दै पौष बाट नलिने वताएको छ । जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने कोभिडको बिरामी राख्ने ठाँउ र उपचार गर्ने ब्यबस्थापन नहुँदा समस्या भएको छ । हिजो त एकजनाले आइसोलसेनमा बसेर उपचार गर्ने खोजेको थियो, उसको ब्यबस्थापन गर्न सकेन् । अलि सिकिस्त र धेरै कोभिडको बिरामी कता राख्ने चिन्ताको बिषय बनेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । बनाएको आइसोलेसनमा कर्मचारी बस्नुले अस्पताल बाजुरा, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्वास्थ्य कार्यलय र नगरपालिका बिचको द्धन्द्धका कारण भएको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार