• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा सदरमुकाममा फैलियो कोरोना

बाजुरा सदरमुकाममा फैलियो कोरोना

पोजेटिभ भए बिद्यार्थी देखी सुरक्षाकर्मी हुदै सरकारी देखी गैर सरकारी कर्मचारी सम्म

  • बिहिबार, पुस २, २०७७
बाजुरा सदरमुकाममा फैलियो कोरोना

बाजुरा — बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा कोरोना फैलिएको छ । जिल्ला स्वास्थय कार्यालयले भदौ पछि एकै पटक मंसिर ३० गते जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा बडिमालिका नगरपालिकाले स्वाब संकलन गरि धनगढी प्रयोगशालामा परिक्षणको लागि पठाएको थियो ।
सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, बिद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, र स्थानिय गरी २ सय ४८ जनाको स्वाब संकलन गरेर पठाएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताए ।
स्वाब स.कलन गरि पठाएका मध्य करिव १ सय जनाको रिर्पोट आएको र जसमा १४ जनामा कोरोना रिपोट पोजेटिभ देखीएको स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताए । पोजेटिभ आएकाहरुमा बडिमालिका नगरपालिकाका कर्मचारी २ जना, गैरसरकारी कार्यालयका ३ जना, बिद्यार्थी ४ जना सुरक्षाकर्मी ३ जना बिमाकर्ता १ जना र १ जना पत्रकार रहेको खड्काले बताएका छन ।
करिब १ सय जनाको रिर्पोट आउदा १४ जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी रिर्पोट आउन बाकी रहेको छ । सदरमुकाम मार्तडीमा रहेको मालिका नमूना माध्यामिक बिद्यालयमा २ हजार बढी बिद्यार्थी छन् । मंसिर १ गतेबाट पढाई सुरु भएको थियो बिद्यालय संचालन भएको एक महिनामा नमूना परिक्षण गर्दा ४ जना बिद्यार्थीहरुमा पोजेटिभ देखीएको छ । यो आकलन हेर्दा पनि समुदाय स्तरमा कोरोना फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।
त्यस्तै सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरुमा पनि देखीएको छ । सबै जनतासंग प्रत्यक्ष भेटघाट तथा सरोकार राख्ने निकाए भएकोले कोरोना फैलिएको हुनसक्ने बताईएको छ । यो पटक सबैको रिर्पोट आओस कति जनाको पोजेटिभ आउछ । त्यसपछि परिक्षणको दायरा देखी अन्य के गर्न सकीन्छ निणर्य गर्नु पने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले बताए ।
कोरोना पोजेटिभ देखीएका सबैको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । रिर्पोट आएपछि को कता छन सबैलाई खबर गरिरहेको बताईएको छ । यसरी कोरोना फैलिदो अवस्थामा रहेकोकाले जिल्ला स्वास्थ्य कार्यालय बाजुराले सबैले आआफ्नो ठाउमा सुरक्षित बस्नहुन अनुरोध समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार