• होमपेज
  • समाज
  • जिवनमरणको दोसाधमा रहेका खलेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुदै

जिवनमरणको दोसाधमा रहेका खलेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुदै

  • बिहिबार, पुस २, २०७७
जिवनमरणको दोसाधमा रहेका खलेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुदै

बाजुरा–बुढिनन्दा नगरपालिका १ पिलडालि बस्ने हलिया खले लुवारको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बडिमालिका खबरले खले जिवनजल समेत नपाएर जिवन मरणको दोसाधमा रहेको समचार प्रकाशित पछि उद्धार भएर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
खलेको उपचारका लागि बडिमालिका खबर, कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशी र बेलायत बस्ने मिना गुरुङ्गले सहयोग गरिरहेका छन् । समचारमा अलपत्र परेको खबर पाएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन उपचारमा सहयोग गर्ने वताएका थिए ।
खले पैसा नभएर अलपत्र रहेको खबर प्रकाशित पछि उनको उपचारका लागि सहयोग गरको मिना गुरुङ्गले वताईन् । खले उपचारको समन्वय तथा आर्थिक ब्यबस्थापन बडिमालिका खबरले गरिरहेको बडिमालिका खबरका प्रकाशक तथा सम्पादक प्रकाश सिंहले वताएका छन् ।
पैसा नहुँदा ६९ बर्षिय खले लुवारलाइ जिवनजल समेत किन्ने पैसा नहुँदा उनि सिकिस्त परेका थिए । झाडापखाला बाट सिकिस्त भएका खलेलाई गाँउलले बोकेर नजिकै रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । केन्द्रमा औषधि किन्न पैसा नभएपछि आफन्तले बोकेर घर लगेका थिए । उनलाई तिन देखि लगातार झाडापखाला बाट ग्रस्त छ्न । उनको अबस्था जटिल भएपछि अहिले उनलाई घर बाहिर राखेका छन् ।
खलेकी श्रीमति सिता सुनारले भनिन नाकको भुलि धरौटि राख्दा सम्म पनि कतै रिन नपाएको रुदै वताएकि छन् । खले साहुको हलो जोतेर परिवार पाल्ने गरेको थिए, अहिले उहाँनै बिरामी हुँदा न उपचार गर्न सक्यौ न परिवार पाल्न सकेको वताईन् । श्रीमानको उपचारका लागि धेरै ठाँउमा रिन खोजेपनि कतै पनि पैसा नपाएको सिताले वताईन् । खलेको घर पनि मुक्त हलिया परियोजना अन्र्तगत नेपाल सरकारले घर निर्माण गरिदिएको थियो ।
खलेलाई जिवनजल किन्न पैसा समेत छैन्, अन्य उपचार त टाढाको बिषय रहेको स्थानिय हिक्मत वडले वताए । गरिब असाहयका लागि निशुल्क उपचार गर्ने भनेपनि यस्ता बिरामीका लागि भने सरकार बेखबर रहेको पाईएको छ । पैसा नपाएर धेरै हलिया समुदायले रोग पालिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार