मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढिगंगा नदिमा बेलिब्रिज निर्माण शुरु, माघ भित्र निर्माण भइसक्ने

बुढिगंगा नदिमा बेलिब्रिज निर्माण शुरु, माघ भित्र निर्माण भइसक्ने

  • बिहिबार, पुस २, २०७७
बुढिगंगा नदिमा बेलिब्रिज निर्माण शुरु, माघ भित्र निर्माण भइसक्ने

बाजुरा–बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । ठेक्का M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali  ले पाएको थियो । कम्पनि सामान ढुवानी गरेर बेलिब्रिज निर्माण शुरु गरिसकेको सडक डिभिजन साँफे बगरका प्रमुख ललित खनालले वताएका छन् ।
बेलिब्रिज निर्माण कार्य शुरु भइसकेको छ, माघ महिनाको मसान्त सम्म काम सम्पन्न गरीसक्ने डिभिजन प्रमुख ललित खनालले वताएका छन् । कैलालीको गोदावरीमा मौज्जात रहेको बेलिब्रिजको सामान ढुवानी भएर फाउन्डेसन निर्माण कार्य शुरु भइसकेको सडक बिभागले वताएको छ । बाजुराको सदरमुकाम मार्तडी सम्म चाडो भन्दा चाडो गाडि पुयाउनका लागि लागि परेका छौ, चाडै सम्पन्न् गर्ने खनालले बताएका छन् ।
साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण शुरु गरेको सडक डिभिजन कार्यलय साँफे बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् । बेलिब्रिज बगाँउदा सामान ढुवानी गर्न समस्या भएको थियो । बेलिब्रिजका लागि धेरै हारगुहार पछि बल्ल निर्माण हुन लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।
साउन २५ को बाढिले बाजुरामा बाढिले बेलिब्रिज सँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरानै क्षेदबिच्छेद बनाएको १ हप्ता पछि संघिय सरकारका गृह मन्त्रि राम बहादुर थापा, पुर्व मन्त्रि कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रिको टोलीले अनुगमन गरेको थियो । त्यसको केही समयमा शुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि त्रिलोचन भट्ट सहितको टोलीले बाढीपहिरो अबस्थाको अध्यन गरेको थियो ।
संघिय सरकार र प्रदेश सरकारका उच्च ब्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । तर प्रक्रियामा लिदा र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक बिभागले वताएको छ । बेलिबिज्र बगाएको ठाँउमा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । सरकारका उच्च अधिकारी आएको बेला त चाडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अलि ढिला भएपनि बेलिब्रिज बन्ने भएपछि बाजुरा बासि खुशि भएको स्थानिय कालु नाथले वताएका छन् । २५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार