शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • स्वास्थ्य र मनसँग जोडिएको यौनका कुरा

स्वास्थ्य र मनसँग जोडिएको यौनका कुरा

  • बिहिबार, पुस २, २०७७
स्वास्थ्य र मनसँग जोडिएको यौनका कुरा

यौनसम्पर्क एउटा मानसिक गतिविधि हो जुन सम्पूर्ण शरीरको सहभागिताको साथ गरिन्छ । यसलाई यसकारण मानसिक समस्या भन्ने गरिन्छ कि यौनसम्पर्क यसले मान्छेलाई एकत्रित गर्नेदेखि शरीरको लागि समेत राम्रो व्यायामको काम गर्ने गर्छ । तर हाम्रो मानसिक स्वास्थ्यको लागि यसले कति धेरै लाभ प्राप्त गराउँछ त ?

यौन सम्पर्कले हाम्रो मस्तिष्क र मांसपेशीलाई पनि शान्त गर्न मद्धत गर्छ । धेरै चिकित्सकहरु आफ्नो स्वास्थ्य पति र पत्नीबीच यौन सम्बन्धको आधारमा अनुमान गर्ने गर्छन् । जब तपाईं नियमित रूपमा यौन सम्पर्क गर्नुहुन्छ यसले शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको अनुभूति गराउँछ । नियमित रुपमा यौनसम्पर्क गर्नुको धेरै फाइदाहरु हुन्छन् । मान्छेको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने, तनाव कम गर्ने, मुटुलाई सुदृढ पार्ने, राम्रो निद्रा प्राप्त गर्ने आदि कार्यको लागि पनि नियमितको यौन सम्पर्क सहायकसिद्ध हुन्छ । नियमित यौनसम्पर्कका फाइदाहरु निम्नानुसारका छन् ।

यसले हाम्रो शरीरमा प्रतिरोध क्षमता बढाउँछ

पेन्सिलभेनियाको विल्किस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हप्तामा कम्तीमा एक वा दुईचोटि यौनसम्बन्ध राख्ने व्यक्तिहरूको शरीरमा इम्युनोग्लोबिन ए उच्च मात्रा हुन्छ । यौनसम्बन्धले भाइरस, ब्याक्टेरिया र कीटाणुविरूद्ध लड्ने क्षमता बढाउँछ, किनकि यसले उनीहरूविरूद्ध एन्टिबडीहरू तयार गर्न मद्दत गर्छ । यी एन्टिबडीहरूले शरीरको प्रतिरक्षा प्रणालीको अग्र मोर्चामा रहेर काम गर्ने गर्छ । यौनमा सक्रिय जोडीहरू नियमित रूपमा यौन सम्पर्क नगर्ने दम्पतीभन्दा कम बिरामी हुन्छन् ।

तनाव नियन्त्रणको लागि प्रभावकारी

जब तपाईं यौनसम्पर्कको समयमा अर्गेज्मको अनुभव गर्नुहुन्छ, तपाईंको शरीर एन्डोर्फिन्स लगायतका हार्मोन भरिएको हुन्छ । यी हार्मोनहरूले हाम्रो मानसिक विकास सहयोग पु¥याउने गर्छन् । यिनै हर्माेनहरुले हाम्रो चिन्तित दिमागलाई शान्त बनाउँछ । तपाईंले आफैंलाई महसुस गरेको हुनुपर्छ दिनमा थकित महसुस हुँदाहुँदै पनि दम्पतीको साथ ओछ्यानमा राम्रो समय बिताएपछि तपाईंका सबै चिन्ताहरू दूर हुन्छन् ।

मुटु स्वास्थ्यको लागि सजिलो औषधि

तपाईंले सुन्नु भएको छ कि यौनसम्पर्क एक ठूलो व्यायाम हो । यो कुनै गहन किसिमको व्यायाम त होइन तर हाम्रो मुटुको दर यौन गतिविधिका कारण धेरै माथि जान्छ । प्रतिमिनेट १२० बीट्ससम्म मुटुको दर बढ्ने गर्छ । हार्ट बिटको यो दरलाई एक कोमल व्यायामको रूपमा चिन्ने गरिन्छ । हिँड्नु हाम्रो मुटुको लागि उत्तम व्यायाम हो । योसँगै नियमित यौन सम्पर्क गर्नु पनि मुटुको लागि उस्तै उपयोगी हुन्छ ।

गहिरो निद्राका लागि

चलचित्रहरूमा हामी देख्छौं कि नायक–नायिकाहरू समेत गहिरो प्रेमसँगै यौनसम्पर्क गरेपछि गहिरो निद्रामा हराएका हुन्छन् । यो स्वाभाविक हो किनकि यौनसम्पर्कको क्रममा हाम्रो शरीरले अक्सिटोसिन भन्ने हर्मोन निकाल्छ । योे हर्मोन पार्टनरसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । यसका साथै कोर्टिसोल भनिने अर्काे हार्मोन पनि हुन्छ, जसले तनाव कम गर्न मद्धत गर्छ । यी दुई हार्मोन्सको संयुक्त प्रयासका कारण तपाईंको शरीर स्वाभाविक रूपमा तनावमुक्त हुन्छ र निद्रा लाग्छ ।

महिनावारीको बेला पेटको दुखाइ कम गर्न

पेटको दुखाइ कम गर्नको लागि पनि यौन सम्पर्कको उपचार खोज्न सकिन्छ । पेटमा हुने तीब्र किसिमको दुखाइ एकदमै पेट दुखेको बेलामा यदि तपाईं पार्टनरसँग यौनसम्पर्कमा संलग्न हुनुहुन्छ भने यसले डोपामाइन, अक्सिटोसिन र एन्डोरफिन जस्ता हर्मोनहरूको विकास गरी महिनावारीको पीडालाई कम गर्न मद्धत गर्दछ ।

छाला निखारता ल्याउँछ

कसलाई गुलाबी गाला मनपर्छ कसैलाई मन पर्दैन । यसले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । तपाईंको छालामा पर्याप्त अक्सिजनको लागि पनि यौन सम्पर्क प्रभावकारी हुने गर्छ ।

चर्चामा

सम्बन्धित समाचार