• होमपेज
  • समाज
  • आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिमको सदस्यमा शाही चयन

आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिमको सदस्यमा शाही चयन

  • बुधबार, पुस १, २०७७
आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिमको सदस्यमा शाही चयन

बाजुरा- आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेशको समितिमा बाजुराका पत्रकार निमेन्द्र शाही सदस्यमा चयन भएका छन् । नेपाल पर्यटन बोर्ड अन्तरगतको आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेश समितिमा पत्रकार शाही चयन भएका हुन् ।समितिमा माया प्रकाश भट्ट संयोजकमा रहने गरी ११ सदस्यीय कार्यसमिति तोकिएको हो ।
जसमा बाजुराबाट निमेन्द्र शाही, डडेल्धुरा विनोद जोशी, दार्चुला चक्रसिंह धामी, बैतडी बासु भट्ट, कन्चनपुर रामसिंह ठगुन्ना, बझाङ दानसिंह सुर्माली, डोटी केपि साउँद, कैलाली कमल बम, टिकापुर कैलाली थर्क शाह र अछाम दिपक रावल छन् ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार