शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • समाज
  • जिवनजल समेत नपाएर जिवनमरणको दोसाधमा खले लुवार

जिवनजल समेत नपाएर जिवनमरणको दोसाधमा खले लुवार

  • मङ्लबार, मंसिर ३०, २०७७
जिवनजल समेत नपाएर जिवनमरणको दोसाधमा खले लुवार

बाजुरा–बुढिनन्दा नगरपालिका १ पिलडालि बस्ने हलिया खले लुवार जिवनजल समेत नपाएर जिवन मरणको दोसाधमा रहेका छन् । ६९ बर्षिय खले लुवारलाइ जिवनजल समेत किन्ने पैसा नहुँदा उनि सिकिस्त परेका छन् ।
झाडापखाला बाट सिकिस्त भएका खलेलाई २९ गते गाँउलले बोकेर नजिकै रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । केन्द्रमा औषधि किन्न पैसा नभएपछि आफन्तले बोकेर घर लगेका थिए । उनलाई तिन देखि लगातार झाडापखाला बाट ग्रस्त छ्न ।
खलेकी श्रीमति सिता सुनारले भनिन नाकको भुलि धरौटि राख्दा सम्म पनि कतै रिन नपाएको रुदै वताएकि छन् । खले साहुको हलो जोतेर परिवार पाल्ने गरेको थिए, अहिले उहाँनै बिरामी हुँदा न उपचार गर्न सक्यौ न परिवार पाल्न सकेको वताईन् । खलेको घर पनि मुक्त हलिया परियोजना अन्र्तगत नेपाल सरकारले घर निर्माण गरिदिएको थियो ।
खलेलाई जिवनजल किन्न पैसा समेत छैन्, अन्य उपचार त टाढाको बिषय रहेको स्थानिय हिक्मत वडले वताए । गरिब असाहयका लागि निशुल्क उपचार गर्ने भनेपनि यस्ता बिरामीका लागि भने सरकार बेखबर रहेको पाईएको छ । पैसा नपाएर धेरै हलिया समुदायले रोग पालिरहेका छन् । खलेकी श्रीमतिले उपचारमा सहयोगका लागि अपिल गरेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार