शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • निर्धन उत्थान लधु वित्तवित्तिय संस्था मार्तडीद्धारा कोरोना प्रभाबित सदस्यलाई राहत बितरण

निर्धन उत्थान लधु वित्तवित्तिय संस्था मार्तडीद्धारा कोरोना प्रभाबित सदस्यलाई राहत बितरण

  • मङ्लबार, मंसिर ३०, २०७७
निर्धन उत्थान लधु वित्तवित्तिय संस्था मार्तडीद्धारा कोरोना प्रभाबित सदस्यलाई राहत बितरण

बाजुरा- निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय मार्तडीले बाजुरा जिल्लाका कोरोना प्रभाबित सदस्यहरुलाई राहात बितरण गरेको छ । संस्थाको केन्द्रीयको कार्यलयको निति अनुरुप कोराना ले प्रभावित अति विपन्न सदस्यलाई बाजुरा शाखाको तर्फबाट रु.३ लाख ८० हजार रुपैया सहयोग गरेको मार्तडी शाखाका प्रमुख हरिवने भट्टराईले जानकारी दिएका छन् । कोभिट १९ को संक्रमणका कारण ब्यापार ब्यवसाय संन्चालनमा असहज भई ब्यवसाय बन्द हुदा आम्दानीका श्रोत समेत बन्द भएका, तथा कोभिट १९ को संक्रमणका कारण बैदेशिक रोजगारी गुमाई घर फर्केका रिणी सदस्यका श्रीमानहरु छनोट गरि प्रभावित रिणी सदस्यको लागि प्रति सदस्य रु १० हजारका दरले अनुदान सहयोग गरिएको शाखा प्रमुख भट्टराईले बताए ।
समस्यामा परेका रिणी सदस्यलाई आफ्नो ब्यवसाय पुनस्थापना गरि आर्थिक तथा सामाजिक सुधारमा सहज होस भन्ने उद्देश्यले रहात रकम प्रदान गरेको सस्थाले बताएको छ ।
संस्थाले शाखा कार्यालय मार्तडीमा जस्तै देशभर रहेका १ सय ८१ शाखा कार्यालय मार्फत ७ हजार २ सय ५० जाना रिणी सदस्यलाई प्रति सदस्य रु. १० हजारका दरले ७ करोड २५ लाख रहात रकम वितरण गरेको शाखा कार्यालय मार्तडीका शाखा प्रमुख हरिबोल भट्टराईले बताए । निर्धन उत्थान देशका ७७ जिल्लामा कार्यक्षेत्र भएको एक मात्र लधु वित्तवित्तिय संस्था भएको र यसले आर्थिक कारोवारको साथमा विभिन्न सामाजिक कार्यक्रम अन्र्तगतका कार्यक्रमहरु संचालन गर्दै आएको र आफ्ना ग्रहाक सदस्यहरुको सुख दुखमा सधै साथमा रहेकाले विभिन्न किसिमका रहात कार्यक्रम संन्चाल गदै आएको उनले बताए ।
संस्थाले प्रदान गरेको रहात रकम पाउदा ग्रहाक सदस्य अत्यन्तै खुशी भएका छन् । सस्थाले समस्या पर्दा सहयोग गरेपछि संस्थालाई धन्यावाद दिनुका साथै रहात रकम ब्यवसाय पुर्नस्थापनामा लगानी गरि आय आर्जन बृद्धिमा लगानी गर्ने प्रतिवद्धता ब्यक्त गरेको संस्थाका कर्मचारी प्रविन बहादुर रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार