• होमपेज
  • राजनीति
  • नेकपा बाजुरा जिल्ला कमिटी सदस्य शाहीको १३ अाै दिने पुन्यतिथिमा श्रद्धाञ्जली सभा मार्तडीमा

नेकपा बाजुरा जिल्ला कमिटी सदस्य शाहीको १३ अाै दिने पुन्यतिथिमा श्रद्धाञ्जली सभा मार्तडीमा

  • मङ्लबार, मंसिर ३०, २०७७
नेकपा बाजुरा जिल्ला कमिटी सदस्य शाहीको १३ अाै दिने पुन्यतिथिमा श्रद्धाञ्जली सभा मार्तडीमा

बाजुरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सदस्य पवित्रा शाहीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको आयोजनामा  शाहीको मंगलबार सदरमुकाम मार्तडी स्थित नेपाल कम्युनिष्ट पार्टी कार्यालयमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो ।

श्रद्धान्जली सभामा बोल्ने नेकपा बाजुराका नेताहरुले स्वग्रीय पवित्रा शाहीकोे निधनले पार्टीमा ठुलो क्षेती पुगेको बताएका छन् ।  साथै स्वग्रीय शाहीले खप्तड छेडेदह गाउँपालिकामा नेकपाका लागि गरेको योगदान कहिल्यै भुल्न नसकिने बताएका छन् ।

श्रद्धाञ्जलि सभामा सहभागि भएका नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहोरा, सचिवालय सदस्य अमर खड्का, भरत थापा, मनोज विक लगायत नेताहरुले स्वग्रीय शाहीले नेकपाका लागि गरेकोे योगदानको चर्चा गरेका थिए ।

No description available.

नेकपा बाजुरा कार्यालय सदस्य गगन रावलको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जलि सभा कार्यक्रममा नेकपाका नेता तथा कार्यक्रर्ताका साथै प्रेस संगठनमा आवद्ध पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

स्वग्रीय नेता शाहीको गत मंसिर १८ गते आफ्नै घर खप्तड छेडेदह गाउँपालिका २ माटेसाँघुमा एक्कासी बेहोस भएपछि उपचारका लागि लग्दै गर्दा बिच बाटोमै मृत्यू भएको थियो ।

बिगत लामो समय देखि मासिका हुदै सिअनमीको सरकारी जागिर गरेकी शाहीले अनमी पदबाट राजिनामा दिएर २०७४ सालको स्थानिय तहको निर्बाचनमा खप्तड छेडेदह गाउँपालिकामा तत्कालिन नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धार समेत भएकी थिईन ।

चर्चामा

सम्बन्धित समाचार