शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सामाजिक भ्रम-लघुकथा!

सामाजिक भ्रम-लघुकथा!

  • मङ्लबार, मंसिर ३०, २०७७
सामाजिक भ्रम-लघुकथा!

सुरेशकुमार पान्डे। समाजमा फैलिएको कु-सँस्कारले हाम्रो देशलाई बिकास भन्दा पनि बिनास तर्फ डोराउँदैछ थाहाछ हजूरहरु लाई? मंगलिले चौपालको एउटा सार्वजनिक सभामा बोल्दै थि।धेरै कुरा नगर नी पोथि भएर पनि बास्न नखोज है! बिर्खे ले उस्को बिचार न टुङ्गिदै बिचैमा चेताउँछ।त्यँहा भयका सबै मान्छेहरुले गललल हाँस्छन।तपाईहरुले मेरो हाँसो उडाएपनि साँचो कुरा लुकाएर लुक्दैन मंगलिले आफ्नो कुरा जारि राख्छे।उस्को सहाशिलो ब्यबहार दृढ बिचारले त्यँहा बसेका मानव समुदाय मध्यका केहिले भने उस्को बिचार अलि गम्भिर भएर सुन्दै थिए।बिर्खे त्यो गाँउको अलि धनि मान्छे हो र उ त्यँहाका गाउँलेहरुलाई ठग्ने एक प्रकारको शोसकनै हो र मंगलिहरु कयौँले उस्का कृयाकलाप लाई नजिक बाट नियालेका थिए।आज यँहा एउटा सार्वजनिक मुद्धा माथि छलफल थियो।
गाउँमा महिलाहरु लाई बोल्ने अधिकारनै अघोषित रुपमा खारेज हुन्थ्यो।आज महिँला हिन्शा बिरुद्धको एउटा सभामा जुटेका थिए तर महिला हिन्साको बारेमा बोलाएता पनि बिर्खेले सडयन्त्र गरेर एउटा सार्वजनिक मुद्धा अगाडि सारेर त्यो कार्याक्रमलाई फलाप गर्ने प्रयासमाछ।तपाई हरु यँहा सार्वजनिक बाटो घाटो र खानेपानिको बारे छलफल नगरेर बिना कामको कुरा गर्नुहुँन्छ!बिर्खेले भन्छ।
सबैले एकले आर्काको मुखमा हेर्छन र सहमतिमा आ-आफ्ना टाउका हल्लाउँछन साथै तरररर तालि पिड्छन।
मंगलि हेर्याहेरै हुँन्छे।
बिर्खे साहु लगायत अरुको ब्यबहारले खासै असर पर्दैन मंगलिलाई तर उसैको लोग्ने समेतको ब्यबहारले मुटुपिरो पारेको थियो।रिमेले पनि बिर्खेको समर्थन गर्दै मंगलिलाई केथा हजूरको बिचार ठिकछ भन्दै तालि पिटेको देख्दा त उस्लाई भिरबाट खसेको जस्तै भयकोथियो।
रिमेर मंगलिको केहि बर्ष पहिले अन्तर जातिए र पर्गतिसिल बिबहा भयकोहो।मंगलिले रुढिवादी बिचारधाराको बिरुद्धको अभियान सञ्चालन गरेकि थिई भने रिमेले महिँला हिँन्शाको बिरोध गर्थ्यो बिध्यार्तिकालमा।उनिहरुको बिचमा प्रेम बसेको देखेपछि भानुले केटा क्षेत्रि जातको भयपनि बिबहालाई राजि भयकाथिए।त्यो बेला एउटा बाहुँनलाई क्षेत्रि सँग बिबहा गर्नु भनेको ठुलै शंघर्षको बाटो अपनाउँनु थियो।
समाजले भानुलाई कोखे नजरले हेर्दथ्यो।किनकि उन्ले आफ्नि छोरीको बिबहा एउटा क्षेत्रि सँग गराएका थिए।
त्यसैले होला बिर्खेले सदैभरी भानुको बिरोधमा कुरा गर्थ्यो।हिँजो रिमेले महिँलाहरुमा हुँने हिन्शाको बिरुद्धामा शंघर्ष गर्दा प्रेममा परेकि मंगली आज उस्को ब्यबहार देख्दा हुक्क परेकि थिई।
मंगलिले समाजको कुरितिलाई चिर्दै र शंघर्ष गर्दै आएकि थिए।तर उस्को आफ्नै लोग्नेको दोहोरो चरित्रले उस्लाई उल्झनमा पारेकोछ।आखिरमा बिर्खेको सार्वजनिक छलफल एउटा पानीको धारो ल्याउँनेमा गएर टुङ्गियो।त्यो पानीको धारो उसैको करेशामा राख्ने भन्यो। र त्यहि आजको भेलाले पास गर्यो।महिला हिन्शा बिरुद्धको आन्दोलन त्यो शोसको खेलौना भयो।
तपाई जस्तो दोहोरो चरित्रको मान्छेहरूले गर्दा आज हाम्रो समाज कुरिति र भ्रष्टचारको दलदल बाट उम्किनै सकेन! भन्दै रिमेसँग भन्छे!रिमे मौन रहन्छ।
तिमि कस्ता मान्छे हौ भनत? हामिले त्यँहा महिला हिन्शा बिरुद्धको कार्याक्रमको आयोजना गरेर आफ्नै कार्याक्रमको बिरुद्धामा बिर्खे जस्ता सोशकले भनेको गलत बिचारलाई समर्थन गरेर के गर्न खोजेका हौ भन त?मंगलिले प्रश्न गर्छे!उस्को आँखामा एउटा ज्वाला थियो।
उस्लाई रिमे सँग यस्तो उमिद थिएन।
हिँजैको दिनामा मंगलिले आफ्नो घरमा आफ्नो समाजमा बिद्रोह गरेर चुनेको रिमे आज मंगलिको आँखाको क सिँगर जस्तो भयको थियो।हामिले बिर्खे साहु सँग शंघर्ष गर्न सक्दैनौँ!अलिबेरको मौनता भङ्ग गर्दै रिमेले भन्छ।
तपाई कायर कहिले देखि हुँनुभयो?बिर्खेको अत्याचारको बिरुद्धामा लड्नु पर्नेमा उसैको सपोट गर्नथाल्नु भयो।म एउटि महिला भयर शंघर्ष गर्दैछुँ !भन्दै मंगलि कराउछे।
मंगलिको माईतिले रिमे सँग बिहे गरे देखि समाज सँग शंघर्ष गर्दै आएकाछन।रिमेलाई उस्को बाले घर बाटनै निकालेपछि भानुले आफ्नै एउटा पाटो दिएर बसेकाछन।तर आज रिमेको कायर्ताले मंगलि र उस्का पुरै परिवारलाई सर्मिन्दा बनाएको थियो।रिमे सुस्त सुस्त बिर्खेको ग्रुपमा सामिल हुँन थाल्छ।यो देखेपछि मंगलिले धेरै सम्झाउँने कोसिश गर्छे तर उस्ले सुन्दैन।अब मंगलि सँग दुईटा बाटा मध्य एउटा रोज्नु थियो।कि ता शंघर्ष को कि रिमेलाई।आखिर त्यहि भयो मंगलिले अत्याचारी समाज सँग सम्झौता होईन शंघर्ष गर्ने निर्णय गरीन र रिमे सँग सम्बन्ध बिक्ष्यात।
१५-०१२-२०२०,कथा काल्पनिक हो यसमा पात्रका नामहरु पनि काल्पनिक हुँन।कसैको नाम र नीजि भबिस्य सँग मेलखान गयोभने मात्र सञ्जोग हुँनेछ।

चर्चामा

सम्बन्धित समाचार